Unity Khabar

अचेल धेरै मान्छेहरू सहर पसेका छन् (गजल)

अचेल धेरै मान्छेहरू सहर पसेका छन्,
तिनै सहर पस्नेहरू महल बसेका छन्।

स्वार्थका लागि तारा टिप्छु भन्नेहरुका सामु,
थाहा छैन खै कसरी आज तारा खसेका छन्।

निस्वार्थ भावना बोकी हिँड्ने देशभक्तजन,
घर परिवार त्यागेरै खरानी घसेका छन्।

हाम्रो दुई तिहाईको सरकार हो भन्नेहरू आज,
त्यहीँ सरकार बचाउन घुडा धसेका छन्।

धर्तिको कसम खादै देश बदल्छु भनेर,
नवजवान युवाहरू कम्मर कसेका छन्।।

दिनेश भट्ट ‘भावुक’
आलिताल गाउँपालिका–८ डडेल्धुरा।

सम्बन्धित पाेष्टहरु
Loading...