Unity Khabar

मेरो देश (गजल)

अफ्ठ्यारोमा राहत बाँड्दा उल्टै समातिन्छन् यहाँ।
नेता आफू खान पाए काम नगरि मातिन्छन् यहाँ।।

न त आफू गर्ने न त अरूलाई गर्न दिने।
ठूलै काम गरे भन्दै आफैं आफैं तातिन्छन् यहाँ।
अफ्ठ्यारोमा…

देशको संकट बाल छैन, देश चलाउनेलाई।
आफू बलियो बनाउनलाई पार्टीहरू गाँसिन्छन् यहाँ।।
अफ्ठ्यारोमा…

देश होस् त नेपाल जास्तो, हेर्दा रमाइलो।
आफू बच्न भए पनि झूठहरु साचिन्छन् यहाँ।।

अफ्ठ्यारोमा राहत बाँड्दा उल्टै समातिन्छन् यहाँ।
नेता आफू खान पाए काम नगरि मातिन्छ्न् यहाँ।।

विक्रम चोखाल
आलिताल गाउँपालिका–५ डडेल्धुरा।

सम्बन्धित पाेष्टहरु
Loading...