Unity Khabar

महामारीका सिपाहीप्रति राज्यको नजर र मनोबल

  • मदनराज पाण्डेय

इटली, स्पेन, ब्राजिल, अमेरिकाका अस्पतालमा बिरामी राख्ने ठाँउ थिएन। बाहिर शव व्यवस्थापनसमेत भई राखेको थिएन। लडाइँका अग्रपंक्तिमा सीमित रक्षक सिपाइहरू दिनहुँ घाइते र मृत्युको स्पर्शमा पुगिरहेँ। धेरैभन्दा धेरै त मुत्युको सिकार पनिबनें। सीपाइहरूले आमा–बुवा, छोरा–छोरी, श्रीमान–श्रीमती त्याग्नु पर्यो।

डाइपर र स्वास समेत फेर्न गारो हुने अनि अनुहार नै बिग्रने गरी लामो समयसम्म मास्क लगाएर युद्धमा होमिएँ। छोरा–छोरी घरबाट युद्ध भूमिमा जाँदा आमा–बुवाहरु मा त्यस्तो निरासा देखिन्थ्यो। जागिर छोड बाबु बरु एक गास कमै खाऊला भन्दै आँखा भरी त्रास एवं कहालिँदा आशु बोकेका हुन्थें तर ती सिपाहीहरू जहिले नी आमाबुवाबाट आशिर्वाद मागेर मलिन मुहार लगाएर बिना हतियार युद्धको भूमिमा गएँ।

त्यति मात्रै कहाँ हुनु र समाजले ती सिपाही (स्वास्थ्यकर्मी)लाई यसरी हेर्यो कि मानु ती सिपाहीहरु ठूलै अपराधी हुन। कसैलाई घरबाटै निकालिदिए, त कसैका टाउका समेत फुटाइयो। हिँड्ने बाटोसमेत थिएन तर ती योद्धाहरु निरन्तर लडिरहें। आफ्नो अस्तित्व अनि आत्मनिर्णयलाई ध्यानमा नराखी मानव जगत अनि अस्तित्वको को लागि लडिरहें।

त्यहीँ समय थियो महामारी हाम्रो मुलुकमा प्रगाढ रूपमा बढिरहेको थिया। हात हतियारको त कुरै थिएन सरकारले देशलाई नै लकडाउन गर्यो। सबैलाई घरभित्र बस्न आह्वान गरियो।

सिपाही मैदानमा आए रात, दिन, निन्द्रा भोक, प्यास न भनी उनीहरु लडिरहें। सरकारले जोखिम भत्ता दिने निर्णय पनि गर्यो। त्यो एक सहानुभूित मात्रै थियो। कि मानाैँ भीषण बिरामीलाई सिटामोल दिएर चुप गराइदियो। देश र जनताका लागि भत्ताको कुनै आवश्यकता छैन भनेर सिपाहीबिना हतियार लडिरहें…।

त्यो समयमा अरु सबै घरभित्र नै बसेका थिएँ र आफूलाई लडाइँ पनि जित्नु थियो र जनताको सबक अनि सर्वरक्षक पनि बन्नु थियो। हो, यदि जोखिम भत्ता दिनलाई बजेट नै नभएको र अर्थतन्त्र तहस नहस भएको भएँ सबै सिपाहीहरु आफ्नो पारश्रमिक दिन पनि तयार नै थिए। तर, अन्ततः त्यस्तो समय आयो कि धेरै जसो स्वस्थ्यकर्मीले जोखिम भत्ता नै पाएनन् र पाउनेलाई आफ्नै गोजीबाट दिइएको जस्तो गरियो।

एउटै लडाइँ लडिरहेका सिपाहीमा पनि विभेद् गरियो। त्यसमा नीति निर्माताको अब ध्यान जान जरुरी छ। विभेद्कारी संस्कारको अन्त्य हुनु पनि आवश्यक छ। जे सुकै होस मनोबल भने उच्च नै हुनेछ एवम् अनन्तः सकारात्मक दृष्ठिकोण कायम रहिरहनेछ।

(पाण्डेय डडेल्धुराको अजयमेरुस्थित समैजी स्वास्थ्यचौकीमा हेल्थ असिस्टेन्टको रूपमा कार्यरत छन्)

सम्बन्धित पाेष्टहरु
Loading...