Unity Khabar

कहिले सकिएला महामारी?

  • मदनराज पाण्डेय

विश्व स्वस्थ्य संगठनले कोरोना भाइरस अर्थात् कोभिड–१९ लाई विश्वव्यापी महामारीको घोषणा गरेको करिब छ महिनाभन्दा बढी भइसकेको छ।

नेपाल लगायत विश्वका २१३ भन्दा बढी मुलुकमा दिन प्रतिदिन महामारीले विराट रुप लिइरहेको छ। यस्तै नेपालमा पनि यसको संक्रमण दुई गुणाले बढिरहेको छ भने भेन्टिलेटरमा उपचार गराइरहेका संक्रमितहरु पनि उत्तिकै छन्।

अहिले सबैको मन मस्तिष्कमा एउटै प्रश्न छ कहिले सकिन्छ यो महामारी? उत्तर दिन भने सबैभन्दा गाह्रो भइरहेको छ। विभिन्न मुलुकका वैज्ञानिककाअनुसार खोप मात्र एउटा विकल्प हो यो महामारीको!

मानव जातिको विकाससँगै विश्वमा यस्ता महामारी भने पहिला पनि नआएका होइन, उदाहरणको लागि १९१८ देखि १९१९ सम्म विश्वव्यापी महामारीको रूपमा फैलिएको फ्लू लाई लिन सकिन्छ।

१९१८ देखि १९१९ सम्म फैलिएको फ्लू बिसौ शताब्दीको एकदमै प्राणघातक रोग थियो। जसमा ५०० मिलियन संक्रमित भएका थिए भने ५० मिलियन संक्रमितले ज्यान गुमाउनुपरेको थियो। यसबाट मृत्यु हुनेको संख्या सबैभन्दा बढी अमेरिकामा थियो।

१९१८ को विश्व महामारी १९२० को पहिलो महिनाबाट फेरि संक्रमण सुरु भयो तर विश्वका केही देशमा मात्रै र सो संक्रमणको मृत्युदर भने एकदमै कम थियो। र, विस्तारै संक्रमण पनि कम हुन थाल्यो, फेरि मानिसको मनमा एउटै प्रश्न खेल्न थाल्यो के महामारी सकिएको हो?

विभिन्न अन्तर्राष्ट्रिय पत्रपत्रिकाका अनुसार सो समयमा धेरै मानिसहरु संक्रमित भएका र समुदायमा हर्ड (Herd immunity) को विकास भएको आँकलन गरिएको थियो। समुदायमा (Herd immunity) को विकास भइसकेको हुँदा दिनहुँ संक्रमितको संख्यामा कमि भएको लेखिएको छ। त्यस समयमा पनि जनस्वास्थ्यका मापदण्डको भने ठूलो भूमिका थियो समाजिक दूरी र मास्कको त्यो समयमा पनि संक्रमण न्यूनीकरणमा ठूलो भूमिका खेलेको थियो।

१९१८ को विश्वव्यापी महामारीमा पनि समाजिक दूरी, जनचेतनाका कार्यक्रम जस्तै माइकिङ हात तथा व्यक्तिगत सरसफाइ बाहिरबाट आएकालाइ क्वारेन्टाइन आइसोलेसन र भीडभाड हुने ठाउँ जस्तै विद्यालय रेष्टुरेन्टहरु बन्द गरिएका थिए।

खोपको विकास नहुन्जेलसम्म सकभर संक्रमणबाट बाच्न हर सम्भव प्रयास गरौँ, घरमा बस्ने बाहिर जानु परेमा अनिवार्य रूपमा मास्कको प्रयोग गरौँ, सम्भव भएसम्म दूरी कायम गरौँ, बन्द कोठामा सकभर भेट्घाट नगरौँ भाइरस सर्छ कि भनेर चिन्तित हुनुभन्दा रोगसँग लड्ने प्रतिरोधि शक्ति बढाऊ र उच्चजोखिममा रहेकालाई बचाऊ।

काठमाडौं उपत्यकालगायत देशका प्रमुख सहरमा कोरोना संक्रमण निकै फैलिएको छ। दशैंमा मान्यजनसँग टिका, जमरा लगाउने तथा आशीर्वाद ग्रहण गर्ने हाम्रो परम्परा रहेको छ।

यसपटक हामी विषम परिस्थितिमा छौं। कोरोना संक्रमण भयो भने कसलाई कुन रुपमा असर गर्छ भन्ने यकिन छैन। देशैभरका अस्पतालका बेड, आइसीयु, भेन्टिलेटर संक्रमितले भरिएका छन्। यहीँ अवस्था रहेमा उपचार नपाएर मृत्यु हुने सम्भावना बढेको छ। तसर्थ निम्न लिखित उपाय अबलम्बन गर्न अनुरोध गर्दछु।

सकभर हामी जुन ठाउँमा छौँ, त्यहीँ बस्ने, घरमा ज्येष्ठ नागरिक र बालबालिकाहरूको सम्पर्कबाट टाढा रहने, मास्कोको प्रयोग गर्ने, ज्येष्ठ नागरिकबाट टीका ग्रहण गर्दा मास्कको प्रयोग गर्ने र सकभर टीका बाहिर खुला ठाउँमा लगाउँदा जोखिम कम हुन सक्छ।

(पाण्डेय डडेल्धुराको अजयमेरुस्थित समैजी स्वास्थ्यचौकीमा हेल्थ असिस्टेन्टको रूपमा कार्यरत छन्)

सम्बन्धित पाेष्टहरु
Loading...