Unity Khabar

लालीगुँरास फूलेर ढकमक्क डडेल्धुरा (फोटो फिचर)

आयुर्वेदिक महत्व

डडेल्धुरा : लालिगुँरास नेपालको राष्ट्रिय फूल हो। बिशेष गरेर माघ, फागुनतिर फूल्ने लालीगुँरास कतै कतै भने यो फूल पौष महिनामा पनि फुलेको देखिन्छ।

लालीगुँरास डडेल्धुरामा पनि पाइन्छ। यो फूल फुलेर यतिबेला डडेल्धुराका सामुदायिक तथा राष्ट्रिय वनहरू ढकमक्क भएका छन्।

जिल्लाका अधिकांश वनहरूमा लालीगुँरास पाइने गर्दछ। लालीगुराँसले वनलाई आकर्षित त बनाएको छ नै घुम्न आउने पर्यटकहरूलाई सौन्दर्यले आकर्षित समेत गराएको छ। यहाँका भीरपाखा लालीगुँरास राताम्मे हुने गरि फूलेका छन्।

लालीगुँरासलाई यहाँका स्थानीयहरूले घरेलु उपचारका लागि प्रयोग गरीरहेको भएपनि धेरै गुराँसहरू चाँही त्यत्तिकै खेर गइरहेको स्थानीयहरुको भनाइ छ।

गुँरासको फूलबाट विभिन्न प्रकारका पेय पदार्थ निर्माण गरी राम्रो आम्दानी गर्न सकिने भएपनि सरोकारवाला निकायले ध्यान नदिँदा भने गुराँस त्यसै खेर गइरहेको छ।

यहाँका वन समुह सर्वसाधरणमा यसको उपयोगिता र महत्वबारे जानकारी नहुँदा यसका बोटहरु खाना पकाउन प्रयोग हुने इन्धनका रुपमा मात्र प्रयोग हुँदै आएको छ।

आयुर्वेदिक महत्व
प्राचिन समयमै आयुर्वेदमा गुराँस फूलको प्रयोग हुँदै आएको छ। यो रातो, गुलावी, सेतो आदि रंगको हुन्छ । समुन्द्री सतहबाट १५०० देखि ३६०० मिटरको उचाईमा गुराँस पाइन्छ।

– रातो रंगको गुराँस पोषकतत्वले भरिपूर्ण मानिन्छ। यसको औषधिय गुण पनि उत्तिनै छ।

– गुराँसको जुस कलेजो, मृगौला जस्ता समस्यामा निकै उपयोगी हुन्छ।

– हृदय रोगलगायत केहि गंभिर रोगमा समेत गुराँसको जुस सेवन गर्नु लाभदायक हुन्छ।

– गुराँसको जुस बनाएर सेवन गर्दा हड्डीको दुखाई समेत ठीक हुन्छ।

– उच्च रक्तचाप नियन्त्रणका लागि पनि गुराँस उपयोगी मानिन्छ।

– घाँटीमा कुनै खानेकुरा अड्किएको बेला गुराँस खानुपर्छ, ठीक हुन्छ।

– गुराँस एउटा सिजनमा मात्र पाइने भएकाले अन्य बेला प्रयोग गर्नका लागि यसको फूललाई घाममा सुकाएर राख्न सकिन्छ।

– धार्मिक मान्यता के छ भने, गुराँसको फूल घरको मू्ल ढोकामा सजाउँदा घरमा नकारात्मक उर्जा आउँदैन।

हेनुहोस् थप तस्विर :

 

सम्बन्धित पाेष्टहरु
Loading...