Unity Khabar

सर्वोच्चले संसद विघटनलाई बदर गरेपछि डडेल्धुरामा दिप प्रज्वलन

डडेल्धुरा : सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेपछि डडेल्धुरामा दिप प्रज्वलन गरिएको छ। मंगलबार नेकपा डडेल्धुराले जिल्ला सदरमुकामको भीमदत्त शालिक निर दिप प्रज्वलन गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते संसद विघटन गरी वैशाख १७ र २७ गते निर्वाचन घोषणा गरेकी थिइन्। त्यसविरुद्ध १३ वटा रिट सर्वोच्चमा दर्ता भएका थिए।

सर्वोच्चोले संसद विघटनलाई बदर गरेपछि ओलीको तानाशाही प्रवृतिको अन्त्य भएको भन्दै देशभरी खुसीयाली छाएको छ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो।

सम्बन्धित पाेष्टहरु
Loading...