Unity Khabar

अमेरिका–रुसबीच वाकयुद्ध चर्कियो

एजेन्सी : रुस र अमेरिकाबीच शीर्ष तहमै वाकयुद्ध सुरु भएको छ । गुप्तचर निकायले केही दिनअघि प्रतिवदेन सार्वजनिक गरेपछि यी राष्ट्रका राष्ट्रप्रमुख एकआर्कप्रति आरोप प्रत्यारोपमा लागेका हुन् ।

उक्त प्रतिवदेनले गत वर्षको राष्ट्रपतिय निर्वाचनमा रुसले तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पको समर्थन गरेको दावी गरेको थियो । निर्वाचनको अन्तिम परिणाम घोषणा हुनुअघिसम्म जो बाइडेनविरुद्ध प्रचारबाजी गरेको प्रतिवदेनमा उल्लेख छ ।

सो निर्वाचनमा रुसले अमेरिकामाथि हस्तक्षेप गरेको भन्दै सर्वत्र आलोचना भएको थियो । अमेरिकी राष्ट्रपति बाइडेनले एक टेलिभिजन अन्तर्वार्तामा रुसी समकक्षीलाई विभिन्न आरोप लगाएपछि रुसले त्यसको प्रतिकार गरेको हो ।

अन्तर्वार्ताका क्रममा बाइडेनले पुटिनमाथि विपक्षी नेता अलेक्स नभाल्नी र अन्य प्रतिद्वन्द्वी नेताहरुमाथि अमानवीय व्यवहार गरेको आरोप लगाए । उनले रसियाले अमेरिकासँगको सम्बन्ध सुधार गर्नुपर्ने पनि बताए ।

यता जवाफमा पुटिनले उच्च तहका व्यक्तिका अभिव्यक्तिले उत्पन्न गराउने परिणामको सामना आफैंले गर्नुपर्ने भन्दै तथ्यहीन विषयमा प्रचारबाजी नगर्न चेतावनी पनि दिए। बाइडेनको अभिव्यक्तिप्रति रसियाका सांसदहरुलेसमेत आपत्ति जनाउनुका साथै रुससँग सम्बन्ध सुधार गर्न नचाहेको टिप्पणी गरेका छन् ।

सम्बन्धित पाेष्टहरु
Loading...