Unity Khabar

डेब्यु खेलमै कुशल र आसिफ चम्किदा नेदरल्यान्ड्सविरुद्ध नेपालको सानदार जित

डडेल्धुराः त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिजमा नेपालले सानदार विजयी सुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गर्दै नेपालले विजयी  सुरुवात गरेको हो ।

टियु क्रिकेट मैदानमा नेदरल्यान्ड्सले दिएको १ सय ३७ रनको सामान्य लक्ष्य नेपालले १५ ओभरमा १ विकेटको क्षतीमा पूरा गर्यो । नेपाललाई जित दिलाउन डेब्यु खेलाडी कुशल भुर्तेल र आसिफ शेखले अर्धशतकीय इनिङ्स खेले। भुर्तेल व्यक्तिगत ६२ रनमा आउट भएपछि उनको स्थानमा आएका कप्तान ज्ञानेन्द्र मल्ले नटआउट १३ रनको योगदान दिए।

यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो। नेदरल्यान्ड्सका लागि बासडी लिले ४१ रनको योगदान दिए। स्कट एडवर्ड्सले ३०, पिटर सिलार (कप्तान)ले नटआउट २२, एन्टोनियस स्टालले नटआउट २० र म्याक्सओ दाउदले १० रन बनाए।

नेपालका लागि सन्दिप लामिछानेले दुई विकेट लिए। चार आभर बलिङ गरेका उनले २२ रन खर्चिएर महत्वपूर्ण दुई विकेट लिए। सन्दिपले बास डि लीडेलाई कुशल भुर्तेलको हातबाट क्याच आउट गरे भन म्याक्स ओवादलाई एल्बीडब्लू आउट गरेका थिए।

सोमपाल कामीले चार ओभरमा १३ रन खर्चिएर एक विकेट लिए। उनले बेन कपुरलाई शुन्य रनमा आउट गरे। करन केसीले चार ओभरमा २२ रन दिए भने विकेट लिन सकेनन्। शाहब आलमले चार ओभरमा ४५ रन खर्चिदै एक विेकट लिए। उनले स्कट एडवड्सलाई हारिफ सेखको हातबाट क्याच आउट गरे।

अब नेपालले दोस्रो खेलमा मलेसियासँग सोमबार खेल्नेछ । यस्तै, तेस्रो खेलमा नेपालले नेदरल्यान्ड्ससँग बैशाख ७ मा खेल्नेछ । यस्तै अन्तिम लिग खेलमा नेपालले बैशाख ९ गते मलेसियासँग खेल्नेछ । डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।

सम्बन्धित पाेष्टहरु
Loading...