Unity Khabar

नेदरल्यान्ड्सले दियो मलेसियालाई १ सय ९२ रनको लक्ष्य, म्याक्सको शतक

काठमाडौं:  त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेटमा नेदरल्यान्ड्सले मलेसियालाई १ सय ९२ रनको लक्ष्य दिएको छ । टियु क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले म्याक्स ओ डावदको शतकको मद्दतले २० ओभरमा २ विकेट गुमाउँदै १ सय ९१ रन बनाएको हो।

नेदरल्यान्ड्सका लागि ओपनर म्याक्सले अविजित रहदै १ सय ३३ रनको शतकीय इनिङ्स खेले। उनले ७३ बलमा १५ चौका र ६ छक्का प्रहार गर्दै १ सय ३३ रन जोडेको शतकीय पारी खेलेका हुन्।

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेदरल्यान्ड्सका लागि शतक प्रहार गर्ने उनी पहिलो खेलाडी समेत बनेका छन्  यसअघि नेदरल्यान्ड्सका लागि कप्तान पिटर सेलरले अविजित ९६ रनको इनिङ खेलेका थिए। तेस्रो ओभरको पहिलो बलमा नेदरल्यान्ड्सले टोविएस विसीलाई पहिलो विकेटको रुपमा गुमाएको थियो।

एक रनमा खेलिरहेका उनी पवनदीप सिंहको बलमा बोल्ड आउट हुन पुगेका थिए। त्यसपछि मैदान प्रवेश गरेका स्कट एडवार्डले म्याक्ससँग मिलेर नेदरल्यान्ड्सको इनिङ्स सम्हालेका थिए। स्कटले म्याक्ससँग ४९ रनको साझेदारी गरेका थिए।

स्कटले २३ बल खेल्दा ३ चौका र एक छक्काको मद्दतमा ३१ रनको योगदान दिए। तर, उनी अन्वर रहमानले गरेको नवौं ओभरको तेस्रो बलमा एलबीडब्लु आउट हुन पुगे । बेल कोपरले म्याक्ससँग १२५ रनको साझेदारी गरे

एडवार्डको स्थानमा मैदान प्रवेश गरेका कोपरले २० बलमा २ छक्कासहति २० रनमा अविजित रहे। मलेसियाका लागि पवनदीप सिंह र अनवर रहमानले एक एक विकेट लिए।

सम्बन्धित पाेष्टहरु
Loading...