Unity Khabar

त्रिकोणात्मक सिरिज : नेपाल र मलेसिया खेल्दै, यस्तो छ हेड टु हेड

काठमाडौँः त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजअन्तर्गत नेपालले आज मलेसियाको सामना गर्दै छ। टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल अपरान्ह १ः१५ बजे सुरू हुनेछ।

पहिलो खेलमा नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको नेपाल आज मलेसियाविरूद्ध जीत निकाल्ने लक्ष्यसहित मैदान उत्रिने छ। अन्डर डगको रुपमा हेरिएको मलेसियालाई हराउन नेपाललाई भने त्यति सहज हुने छैन्।

नेदरल्यान्डविरुद्ध आफ्नो पहिलो खेलमा राम्रो ब्याटिङ प्रस्तुत गरेको मलेसिया १५ रनले पराजित भएको थियो। नेदरल्यान्ड्सले दिएको १ सय ९२ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाले १ सय ७६ रन बनाएको थियो।

मलेसियाका लागि विरन्दीप सिंहले उत्कृष्ट अर्धशतकीय पारी खेलेका थिए। उनले ५३ बलमा समान ६ चौकार छक्का प्रहार गर्दै ८७ रनको अर्धशतकीय पारी खेलेका थिए। उनी नेपालविरुद्धको खेलमा मलेसियाका लागि मुख्य हतियार हुन्।

टी–ट्वान्टी अन्तर्राष्ट्रिय डेब्युसँगै नेदरल्यान्ड्सविरुद्ध ओपनिङ गरेकाद्धय कुशल र आसिफले उत्कृष्ट कीर्तिमानी ब्याटिङ समते गरे। उनीहरुले टी–ट्वान्टी अन्तर्राष्ट्रियमा अर्धशतकसँगै पहिलो विकेटका लागि सर्वाधिक १ सय १६ रनको साझेदारी समेत गरे।

ओपनिङ जोडी कुशल र आसिफ मलेसियाविरुद्धको खेलमा पनि नेपालका लागि ब्याटिङतर्फ मुख्य हरियार रहने छन्। उनीहरुलाई कप्तान ज्ञानेन्द्र मल्ल र उपकप्तान दिपेन्द्र सिंह ऐरीको साथ रहने छ। ज्ञानेन्द्र र दिपेन्द्र नेपालका लागि अनुभवी खेलाडी हुन्।

मलेसियासँग प्रायः खेलमा उपस्थित रहेको पय दुई खेलाडी पाहुना टोलीका लागि बाधक बन्न सक्ने छन्। अनुभवीद्धय कप्तान र उपकप्तानले मलेसियाका प्रायः खेलाडीलाई राम्रोसँग चिनेका र बुझेका समेत छन्। मलेसियासँगको खेलका लागि बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछाने र तिव्र गतिका बलर करन केसी नेपालका लागि मुख्य हतियार रहने छन्।

अन्तर्राष्ट्रिय स्तरमा फ्रेन्चाइजी टी–ट्वान्टी लिगको अनुभवी सन्दीपले मलेसियासँगको पछिल्लो एक खेलमा मात्र एक ओभर मेडन राख्दै तीन विकेट लिएका थिए। उनले शनिबार नेदरल्यान्ड्सविरुद्धको खेलमा पनि चार ओभर बलिङ गर्दै दुई विकेट लिएका थिए। यता करनले पनि मलेसियासँगको पछिल्लो खेलमा एक विकेट लिएका थिए। करनले पनि फ्रेन्चाइजी लिग टी–१० को अनुभव लिइसकेका छन्

हेड टु हेड
हालसम्म नेपाल र मलेसियाबीच ४ टी–ट्वान्टी र ४ टी–ट्वान्टी अन्तराष्ट्रिय खेल भएको छ। जसमा नेपालले ३ टी–ट्वान्टी र ३ टी–ट्वान्टी अन्तराष्ट्रियमा जित निकालेको छ।

मलेसियाले पछिल्लो पटक भएको एसीसी इस्टर्न रिजन टी–ट्वान्टीमा नेपाललाई पराजित गरेको थियो। उक्त खेलमा नेपाल २२ रनले पराजित भएको थियो। मलेसिया नेपालविरुद्ध त्यही लय र आत्मविश्वासलाई फेरी एक पटक टियू क्रिकेट मैदानमा फकाउन चाहन्छ।

सम्बन्धित पाेष्टहरु
Loading...