Unity Khabar

मलेसियाविरुद्ध नेपाल ९ विकेटले विजयी

डडेल्धुरा: त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेको छ। टियु क्रिकेट मैदानमा मलेसियाले दिएको १ सय १० रनको सामान्य लक्ष्य नेपालले १२ ओभर एक बलमा १ विकेटको क्षतीमा पूरा गर्यो ।

नेपालको जीतका नायक कुशल भुर्तेल बने। उनले अविजित रहदै ६१ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए। उनले ४१ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६१ रनको योगदान दिए। उनको यो लगातार दोस्रो अर्धशतक हो। नेदरल्यान्ड्सविरुद्धको खेलमा ६२ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए।

त्यस्तै नेपालको सहज जितका लागि अर्का ओपनर आसिफ शेखले ४२ रन जोडे । उपकप्तान दिपेन्द्र सिंह ऐरी ६ रनमा अविजित रहे । मलेसियाका लागि विरन्दीप सिंहले १ विकेट लिए ।

सम्बन्धित पाेष्टहरु
Loading...