Unity Khabar

महाकाली–मेची युवा जागरण अभियान सम्पन्न

डडेल्धुरा: वैज्ञानिक समाजवादी युवा लिग नेपालको आयोजनामा महाकाली मेची युवा जागरण अभियान सम्पन्न भएको छ। ‘दलाल पुजीवादी संसदीय व्यवस्थाको भण्डाफोर गर्न उठौं’ वैज्ञानिक समाजवादी व्यवस्थाको निर्माणको निम्ति संघर्षमा जुटौं’ भन्ने नाराका साथ कञ्चनपुरको दोधारा–चाँदनीबाट सुरु भएको अभियान झापाको बिर्तामोडमा पुगि सम्पन्न भएको हो।

विद्यमान राजनीतिक संकटलाई चिर्ने जागरण पैदा गर्न युवाहरूले पुर्व पश्चिम राजमार्ग अन्तर्गतका २२ जिल्लाका करिब पचास ठाउँमा कोण सभा साथै टोलीले ठाउँ–ठाउँ पर्चा वितरण र भित्ते लेखन पनि गरेको र अभियानका दौरान भरतपुरमा बाइक ¥याली पनि निकालेको वैज्ञानिक समाजवादी युवा लिग, नेपालका महासचिव श्याम कुँवर जानकारी दिए।

वैज्ञानिक समाजवादी युवा लिग, नेपालका केन्द्रीय अध्यक्ष लछुराम विश्वकर्माको नेतृत्वमा दोधारा चाँदनीबाट सुरु भएको अभियान महेन्द्रनगर, धनगढी, टिकापुर, नेपालगन्ज, भालुबाङ, बुटवल, चितवन, हेटौंडा, पथलैया, चन्द्रनिगाहपुर, जनकपुरधाम, लहान, इटहरी, धरान, दमक हुँदै बिर्तामोडमा समापन गरिएको वैज्ञानिक समाजावादी कम्युनिष्ट पार्टी, नेपालका केन्द्रिय सदस्य विजय विश्वकर्माले जानकारी दिए।

दलाल पुजीवादी संसदीय व्यवस्थाको विकल्पमा वैज्ञानिक समाजवादी व्यवस्था निर्माण गर्ने नयाँ राजनीतिक चेतना र विचार प्रवाहका लागी यो अभियानको आयोजना गरिएको टोलीका अध्यक्ष लछुराम विश्वकर्माले बताए। नयाँ कुराले जनता उत्साहित भएको पाएको पाइएको र यो नयाँ विचारप्रती जनताले देखाएको सद्भाव र चासोले अभियान टोली पनि उत्साहित भएको उनले बताए।

राजमार्ग केन्द्रित जिल्लाहरुलाई नजिकबाट अध्ययन गर्ने मौका पाएको भ्रष्ट र दलाल सत्ताका कारण जनता आजित भएको र यथाशिघ्र जनताले यो व्यवस्थाबाट उन्मुक्ति चाहेको देखिएको अभियान टोलि सदस्य कञ्चनमणी पौडेल बताए।

अभियान लिगको अध्यक्षमा लक्षुराम विश्वकर्मा,उपाध्यक्षमा राम ब. नेपाली, महासचिवमा श्याम कुँवर, सचिवमा प्रदिप ढकाल रहेका थिए। त्यस्तै सदस्यमा बसन्ती मजाकोटी, रिता तामाङ, तुलसी नेपाली, हेमा भुजेल, नरेन्द्र विक लक्ष्मण साउँद उत्तम सिलवाल,टेकराज जोशी,लेखराज क्षेत्री, लोकराज जोशी,एनटिआर ताम्राकार,गोविन्द्र सुनार,द्रोण अवस्थी रमेश काफ्ले, कञ्चनमणी पौडेल र केशर विक गरि जम्मा २० जनाको टोली रहेको थिए।

सम्बन्धित पाेष्टहरु
Loading...