Unity Khabar

बझाङमा दुई जना कोरोना संक्रमित महिलाको मृत्यु

बझाङ: बझाङमा कोरोना भाइरसको संक्रमणबाट दुई जना महिलाको मृत्यु भएको छ । कोरोना संक्रमणबाट जयपृथ्वी नगरपालिका-३ की ५५ वर्षीया र तल्कोट गाउँपालिका-१ की ४० वर्षीया महिलाको मृत्यु भएको हो । योसँगै जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

जयपृथ्वी नगरपालिका-३ की ५५ वर्षीया महिलाको जिल्ला अस्पताल बझाङको कोरोना वार्डमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीले जानकारी दिए । ती महिलामा आइतबारमात्रै कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै, तल्कोट गाउँपालिका-१ की ४० वर्षीया महिलाको पनि आइतबार राति नै मृत्यु भएको हो । १८ वैशाखमा कोरोना संक्रमण पुष्टि भएपछि ती महिला होम आइसोलेसनमा बसेकी थिइन् । योसँगै बझाङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

सम्बन्धित पाेष्टहरु
Loading...