Unity Khabar

धनगढीमा कोरोनाबाट थप चार जनाको मृत्यु

कैलाली: कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत थप चार जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ। कोरोनाका कारण मृत्यु हुनेमा लम्कीचुहा नगरपालिका– १ का ३८ वर्षीय पुरुष र लम्किचुहा– १० की ३५ वर्षीया महिला छन्।

ती पुरुषको आज बिहान साढे १ बजे र महिलाको बिहान साढे ४ बजेको समयमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

त्यस्तै धनगढी उपमहानगरपालिका– २ का ४३ वर्षीय सङ्क्रमित पुरुषको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको जोशीले जानकारी दिए। सेतीमै उपचाररत कञ्चनपुरको भीमदत्त नगरपालिका– ७ का ६२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...