Unity Khabar

नेपालको वानडे र टी–२० वरियतामा सुधार

काठमाडौंः अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले नयाँ टी–२० वरियता सार्वजनिक गरेको छ। जसमा नेपालले वरियता सुधार गरेको छ।

आइतबार आईसीसीले सार्वजनिक गरेको नयाँ वरियतामा नेपालले एक स्थान सुधार गरेको हो। नयाँ वरीयताको टी–२० तर्फ नेपाल १३औं स्थानमा उक्लिएको छ। यसअघि नेपाल १४औं स्थानमा रहेको थियो।

घरेलु मैदानमा सम्पन्न त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेपछि नेपालको वरियता सुधार हुँदै आइरहेको हो। नेपालले स्कटल्याण्डलाई पछि पार्दै १३ औँ स्थानमा उक्लिएको हो।

नेपालको १ सय ८७ रेटिङ अंक छ। नेपालको टी–२० मा उत्कृष्ट वरियता ११औं स्थान हो। टी–२० को नयाँ वरियताको शीर्ष स्थानमा इंग्ल्यान्ड, दोस्रोमा भारत र तेस्रोमा न्यूजिल्याण्ड रहेका छन्। चौंथो पाकिस्तान र पाँचौं अष्ट्रेलिया रहेको छ।

नेपालले एकदिवसीय वरीयतामा समेत सुधार गरेको छ। एकदिवसीय वरीयतामा नेपाल १६औं स्थानमा रहेको छ। यसअघि १७ औं स्थानमा रहेको थियो। एकदिवसीयमा न्यूजिल्याण्ड शीर्ष स्थानमा रहँदा अष्ट्रेलिया दोस्रो र भारत तेस्रो स्थानमा छ।

सम्बन्धित पाेष्टहरु
Loading...