Unity Khabar

बैतडीमा चट्याङ लागेर वडा सदस्यको मृत्यु

बैतडी: बैतडीमा चट्याङ लागेर एक वडा सदस्यको मृत्यु भएको छ । जिल्लाको पञ्चेश्वर गाउँपालिका–६ का वडा सदस्य गोविन्दसिंह भण्डारीको मृत्यु भएको हो।

भण्डारीको सोमबार राती साढे ८ बजे परेको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए।

उनको घर नजिकै गहुँमकै पिस्ने मिलमा काम गरिरहेका बेला चट्याङ लागेको र घटनास्थलमै मृत्यु भएको उनले बताए ।

सम्बन्धित पाेष्टहरु
Loading...