Unity Khabar

आज दिउँसो पहाडी भू-भागमा पानी पर्ने

काठमाडाै‌‌: मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने जनाएको छ । आज राति प्रदेश १ का पहाडी भू-भागका केही स्थानमा पानी पर्न सक्ने छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्व भू-भागनजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको महाशाखाले जनाएको छ ।

भोलि देशभर बदली रही पहाडी भू-भागका केही स्थानमा पानी पर्ने सम्भावना छ । त्यस्तै सोमबार देशभर बदली रही केही पहाडी भू-भागमा वर्षा हुने महाशाखाको पूर्वानुमान छ ।

सम्बन्धित पाेष्टहरु
Loading...