Unity Khabar

आज कतै बादल लाग्ने, कतै पानी पर्ने

काठमाडौं: मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुन सक्ने जानकारी दिएको छ । आज प्रदेश १ लगायतका पहाडी भू-भागमा बदली हुने छ ।

महाशाखाका अनुसार आज राति प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली र नेपालको दक्षिण-पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । अहिले पहाडी भू-भागमा बदली भइरहेको छ ।

भोलि देशभर बदली रही पहाडी भू-भागका केही स्थानमा वर्षा हुने छ । मंगलबार देशभर बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनीलगायत प्रदेशका केही स्थानमा मेघ गर्जनसहित वर्षा हुने छ ।

सम्बन्धित पाेष्टहरु
Loading...