Unity Khabar

डडेल्धुरासहित सुदूरका ३ अस्पतालका लागि झन्डै साढे २३ करोड बजेट निकासा

डडेल्धुराः सुदूरपश्चिमका ३ अस्पतालका लागि झन्डै साढे २३ करोड बजेट निकासा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पताल, सेती प्रादेशिक अस्पताल र महाकाली अस्पतालमा अक्सिजन ट्याङ्क, आइसीयू र भेन्टिलेटर खरिद गर्न २३ करोड ४० लाख बजेट निकासा गरेको हो।

सेती अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटर र अक्सिजन ट्याङ्क खरिद गर्न ६ करोड ८० लाख, महाकाली अस्पतालमा १० आइसीयू, ५ भन्टिलेटरसहित एउटा अक्सिजन प्लान्ट र अक्सिजन ट्याङ्क जडान गर्न ९ करोड ८० लाख र डडेल्धुरा अस्पतालमा पनि १० आइसीयू, ५ भन्टिलेटर र एउटा अक्सिजन टयाङ्क खरिद गर्न ६ करोड ८० लाख बजेट निकासा भएको जनाइएको छ।

प्रतितिधिसभा सदस्य नारदमुनी रानाका अनुसमार उक्त रकम संघीय स्वास्थ्य मन्त्रालयले सुदूरपश्चिम प्रदेश सरकारलाई निकासा दिएको हो।

सम्बन्धित पाेष्टहरु
Loading...