Unity Khabar

कोरोना भाइरसबाट भारतमा २ जनाको मृत्यु, ८२ संक्रमित

काठमाडौं: भारतमा कोरोना भाइरसको संक्रमणबाट २ जनाको मृत्यु भएको छ।

राजधानी दिल्लीको पश्चिमी क्षेत्रमा कोरोना संक्रमित ६८ वर्षीया एक महिलाको ज्यान गएसँगै भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ पुगेको हो।

यसअघि गएको मंगलबार कर्नाटक, कालाबुर्गीका ७६ वर्षीय एक पुरुषको मृत्यु भएको थियो। अहिलेसम्म भारतमा कोरोना संक्रमितको संख्या ८२ पुगेको छ। जसमध्ये ६५ जना भारतीय नागरिक रहेका र अरु १७ जना विदेशी नागरिक रहेका छन् । १० जना उपचारपछि निको भएर घर फर्किएका छन्।

संक्रमितको संख्या बढ्दै गएपछि भारत सरकारले बंगलादेशसँगको रेल तथा बस सेवा वनप एक महिनालाई बन्द गर्ने निर्णय गरेको छ। आइतबारदेखि बन्द गरिने रेल तथा बस सेवा अवस्था सामान्य भए आउँदो वैशाख ३ गते खुल्ला हुनेछ।

सम्बन्धित पाेष्टहरु
Loading...