Unity Khabar

भारतमा ३१ हजार ३ सय कोरोना संक्रमित, १ हजार ८ को मृत्यु

काठमाडौं: भारतमा कोरोना संक्रमितको संख्या ३१ हजार नाघेको छ। जोन हप्किन्स विश्वविद्यालयले प्रकाशित गरेको पछिल्लो तथ्यांक अनुसार त्यहाँ ३१ हजार ३ सय ६० जनालाई संक्रमण पुष्टि भएको छ।

भारतमा मृत्यु हुनेको संख्या पनि एक हजार नाघेको छ। त्यहाँ १ हजार ८ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख छ।त्यस्तै, ७ हजार ७ सय ४७ जना उपचारपछि निको भएका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...