Unity Khabar

मिठो निन्द्राका लागि दरवार चाहिँदैन (गजल)

मिठो निन्द्राका लागि दरवार चाहिँदैन,
दरवारको सपना देख्ने सरकार चाहिँदैन।

धेरै आए र गए यहाँ सहि गलत छुट्याउने,
हामी आफैं सजक भए अख्तियार चाहिँदैन।

यो भूमि रक्षाका लागि युवा तयनाथ छन्,
विवेक लगाउ राजनीतिमा हतियार चाहिँदैन।

छिट्टै बदल्नु छ र विकसित बनाउनु छ देश,
देश बदल्छु भन्ने त्यो झूटो समाचार चाहिँदैन।

सुन नेताहरू जनताले चाहेको कुरो,
छलकपटी र कालो धन्दाको बजार चाहिँदैन।।

दिनेश भट्ट ‘भावुक’
आलिताल गाउँपालिका–८ डडेल्धुरा।

सम्बन्धित पाेष्टहरु
Loading...