Unity Khabar

डडेल्धुराका पत्रकारलाई सुरक्षा सामग्री वितरण

डडेल्धुरा: विश्वभर फैलिरहेको कोराना भाइरस (कोभिड–१९) बारे सत्यतथ्य खबर सम्प्रेषण गर्न कार्यक्षेत्रमा खटिने डडेल्धुराका पत्रकारलाई आवश्यक सुरक्षा सामग्री प्रदान गरिएको छ।

मंगलबार ग्रामिण महिला विकास तथा एकता केन्द्र (रूडुक)को सहयोगमा प्रेस युनियन डडेल्धुराले विभिन्न संचारमाध्यममा कार्यरत सञ्चारकर्मीहरूलाई सामग्री प्रदान गरेको हो। युनियनले प्रेस ज्याकेट र स्वास्थ्य सुरक्षा सामग्री प्रदान गरेको छ।

सामाजिक उत्तरदायित्व तथा नागरिकलाई सूचना प्रवाह गर्ने महत्वपूर्ण जिम्मेवारी निर्वाह गर्दै आएका पत्रकारको सुरक्षार्थ १५ थान प्रेस ज्याकेट र २० थान एन–९५ मास्क वितरण गरिएको प्रेस युनियनका अध्यक्ष धनबहादुर भण्डारीले जानकारी दिए।

उनका अनुसार कोरोना भाइरस (कोभिड–१९) महामारीको जोखिममा पनि रिपोर्टिङ गर्नु पर्ने भएकाले क्रियाशील पत्रकारलाई स्वास्थ्य सामग्री प्रदान गरिएको हो।

दिनरात नभनी अहोरात्र खटिने सञ्चारकर्मी नै सुरक्षित रहेन भने जनताले सही सूचना पाउन नसक्ने भन्दै सुरक्षार्थ स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको रूडुक डडेल्धुराका कार्यकारी निर्देशक सरस्वती खड्काले बताइन्।

उनले आगामी दिनमा पनि जिल्लामा कार्यरत सञ्चारकर्मीहरूलाई स्यानिटाइजरलगायतका स्वास्थ्य सुरक्षा सामग्री वितरण गर्ने उनले जानकारी दिइन्।

सम्बन्धित पाेष्टहरु
Loading...