सारिएका स्तम्भ रेखा मेट्न आउनेछौं,
उस्तै परे सिमानामा लखेट्न आउनेछौं।
नेताहरू कुर्सी तानातान गर्दै गर्नु है,
सीमा रक्षा गर्न युवाहरू समेट्न आउनेछौं।
कहिले सीमा लुटिए कहिले प्रहरी कुटिए,
खबरदारीमा जस्तो सुकै दुःख खेप्न आउनेछौं।
पर्खी बस त्यो सिंहदरवार कुरि बस्नेहरू,
नेपाली जनआवाज लिएर भेट्न आउनेछौं।
सूर्य चन्द्र साची राखी कसम खाएकाछौं,
आमा माथिको तरबार छेक्न आउनेछौं।
दिनेश भट्ट ‘भावुक’
आलिताल गाउँपालिका–८ डडेल्धुरा।