Unity Khabar

निषेधाज्ञामा डडेल्धुरा सदरमुकाम (फोटोफिचर)

डडेल्धुराः कोरोना संक्रमितको संख्या बढदै गएपछि डडेल्धुरामा निषेधाज्ञा लगाइएको छ। जिल्ला प्रशासन कार्यालय डडेल्धुराल बैशाख १९ गतेदेखि लगाइएको निषेधाज्ञा १० दिन थप्दै जेठ ४ गतेसम्मगर्ने निर्णय गरेको छ।

विश्वभर फैलिएको नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमण जिल्लामा तीव्र रुपमा फैलिएपछि निषेधाज्ञालाई थप कडाइ गर्दै २५ देखि जेठ ४ गतेसम्म निरन्तरता दिइएको प्रजिअ घिमिरेले जानकारी दिए। निषेधाज्ञाको कारण डडेल्धुरा सदरमुकाम सुनसान छ।

निषेधाज्ञाको समयमा अत्यावश्यक सवारी साधन जस्तै एम्बुलेन्स, खाद्य तथा स्वास्थ्य सामग्री बोकेको सवारी साधन, दुग्जन्य पदार्थ बोकेको सवारी, बैंक तथा वित्तीय संस्थाका सवारी, दूरसञ्चार तथा इन्टरनेट र आइसोलेसनका सवारी स्पष्ट खुल्ने कागजातका आधारमा सञ्चालन छन् भने अन्य पसल बन्द रहेका छन्। डडेल्धुरा सदरमुकाममा दैनिक ज्याला मजदुरी गरेर खाने बर्ग पनि आफ्नै काममा व्यस्त देखिन्छन्।

सम्बन्धित पाेष्टहरु
Loading...