Unity Khabar

अधुरो प्रेम

जुन जातकै कारण छुट्यो

म जीवन के हो भनेर कसैलाई परिभाषा त दिन सक्दैन तर मैले यहाँसम्म पुग्नका लागि जति संर्षघ गरे यही हो जीवन मैले बुझको। जहाँ हजारौँ चाहाना अनि रहरहरु मरे केही चाहेर मरे त केही बाध्यताले। अनि अर्को अर्थ मैले बुझेको जीवन भनेको चाहेको कुरा नहुनु र नचाहेको कुरा हुनु नै जीवन हो।

आज यो परिस्थीतीसम्म आउँदा हिजोका रमाईला दिनहरु भन्दा पनि हिजाका दुखका दिनहरुले मनमा पिडा दिइरहेको छ। मैले यो सबै कुरा के लेख्न खोजिरहेको छु भने जीवनमा कसैले कसैलाई मन पराउनु माया गर्नु स्वाभिकै हो। माया गरिसकेपछि जात धर्म हेर्नु गलत हो जस्तो चाँही मलाई लाग्छ तर भइदिएको छ त्यस्तै। अहिले मान्छेहरु प्रेम गर्ने बेला सबै मिलेको हुन्छ जब अब हामी एक हुनुपर्छ भन्ने कुरा हुन्छ तब बीचमा तगारो भइदिन्छ जात धर्म।

हिजोका दिनसँगै हाँसी बसेको मान्छे भोलीका दिनहरुमा निकै टाढा भइदिँदा रहेछन् यी यस्तै कुराहरुले। त्यसै भएको एक कथा आज मैले यहाँ लेख्दै छु जहाँ जातकै कारण वषौँसम्मको प्रेम सम्बन्ध अन्त्य हुन्छ। यो माया प्रेम कसरी कहाँ कोसँग हुन्छ भन्ने कुरा त सायद कसैलाई पनि थाहा हुदैन जस्तो लाग्छ मलाई यदि थाहा हुने भए आफूलाई दुखी बनाउने प्रेम सम्बन्ध सायद कोही रोज्दैन थिए होला। वि.स. २०७४ तिरको कुरा हो म त्यति बेला भर्खर–भर्खरै रेडियो तिर काम गरिरहेको थिए। मलाई रेडियो काम गरेको त्यही ५/६ महिना जति भएको होला। त्यही बेलामा उनको र मेरो भेट भएको थियो।

सानै उमेर त्यही कलिलो १५/१६ वर्ष उनी अनि १८/१९ वर्षको म अब यसलाई तपाईले कसरी लिनुहुन्छ तपाईमा भर पर्छ। हामी एकअर्कालाई प्रेम गर्ने उदेश्यले पक्कै पनि नजिक भएका थिएनौँ। उनको दिदी र मसँग एउटै स्कुलमा पढ्न साथी भएकाले हामी एक अर्कासँग बाल्थ्यौँ। त्यही बेलामा उनीसँग पनि मेरो परिचय भएको थियो। परिचय हुँदै गएपछि हामी नजिक भइहाल्यौँ। कति बेला हामी बीच प्रेम भयो यो त थाहा छैन हामी बीच प्रेम छ भन्ने पनि तब थाहा भयो जब हामी एकअर्का नसम्झेको दिन अनेक कुराहरु मनमा खेलाउन थाल्यौँ।

यस्तो लाग्थ्यो कि मनमा किन आज फोन गरेन होला? के भएको होला यस्ता अनेक प्रश्नहरु मन खेल्थ्यो। मनमा उठेका अनेक कुराहरु पनि जब हाम्रो कुरा हुन्थ्यो सबै भुलिसक्थ्यौ हामी। फोटो खिच्नको लागि धेरै रहर मान्ने उनी कहिले घुम्न जाउ भनेर पार्क तिर जान्थे त कहिले हामी पधेरो तिर। निकै मिठा थिए ति पलहरु। सानो–सानो कुरामा पनि कहिले काहीँ झगडा अनि झगडा पनि माया त्यो समय।

तर आज म उनको फेसबुकको म ब्लक लिष्टको तेस्रो नम्बरमा छु। सहमतीमै म उनको ब्लक लिष्टमा बसेको थिए। हाम्रो कुरा नभएको करिब २ महिना जति भएको थियो। त्यसपछि कोरोनाको कारणले गर्दा उनी बसेको जिल्लामा केही दिन विद्यालय बन्द हुने भए। अनि उनी अनलाइन आए त्यसै दिन मैले पनि उसको आइडी खोल्न पुगे। अनि मैले आफैले उनलाई म्यासेज गरे

किन हो तिमी मसँग नबोलेको प्यारु?

उनी : ‘म अब हजुरसँग बोल्न सक्दीन।

म : किन ?

उनी : म सक्दैन प्लीज मलाई बोल्न बाध्य नबनाउनु अनि अरु प्रश्न पनि मलाई नगर प्लीज।

म : अरे यार कारण त होला नि किन नबोल्न त्यही पनि हाम्रो कुरा नभएको आज २ महिना भइसक्यो।

उनी : मलाई मेरी आमाले मेरो हात आफ्नो टाउँकोमा राखेर कसम खुवाएको छ कि म हजुरसँग बोल्दैन भनेर। र म अब मेरो आमाको खाएको कसम टुटाउन पनि सक्दैन त्यसैले अब मसँग नबोल्नु म हजुरसँग दश औँलाको बिन्ती गर्छु। यदी मेरो खुसि चाहानुहुन्छ भने,कुनै दिन मलाई साँचो माया गर्नुभएको थियो भने प्लीज है।

उनी आफैले यस्तो भनिसकेपछि मैले केही बोल्न सकेन केही बेर टोलाई रहे। उनले फोन काँटीन। मेरो आँखाबाट आशु आएको आफैलाई थाहा भएन। त्यसपछि मैले उनीलाई धेरै चोटी फोन अनि म्यासेज गरे तर उनले न फोन न म्यासेजको रिप्लाइ दिएको थियो अनि अन्त्यमा उनले भनेको थियो ‘अब फोन ग¥यो भने म मेरो आफन्तलाई फोन दिने हो त्यसैले अब मलाई फोन नगर्नु होला। प्लीज क्या’

अब मलाई कस्तो भएको होला तपाई आफै कल्पना गर्नुहोस्। आफैले मायाले गरेको मान्छेले अब मलाई फोन नगर्नु भनेपछि कसको के लाग्यो अनि साचे गल्ती मेरै हो आफ्नो हैसियत भन्दा माथिको कुरा चाहानु। हामीले जस्ताले त आफ्नो हैसियतसँग बस्नु पर्दो रहेछ धर्तीमा पछारिएर आकाशको जुन छुने सपना त गर्नु बेकार रहेछ।

यहाँ त मान्छे सेकेन्डको फरक परिवर्तन भइसक्ने रहेछन् म त त्यही समयको पर्खाइमा रहे जहाँ एकचोटी नबोल्दा वर्षौ नबोले जस्तो हुन्थो तर यहाँ त समय धेरै अगाडी आइसकेको रहेछ। हेर प्यारु म अझै पनि तिमीलाई दोष त लगाउँदैन मलाई थाहा छ तिम्रो बाध्यता पनि। तर पनि माया गरेको मान्छे हो यार पहिले जति सम्झिन नसके पनि कतिबेला त तिमीलाई पनि लाग्दो हो मेरो माया त्यति निष्टुरी त होइनौँ तिमी पनि तर किन गरेनौ एक म्यासेज?

आज तिम्रा ति विगतका म्यासेज अनि फोटाहरु मेरो मोबाइमा राम्ररी बसेका छन्। जब साँझ पर्छ अनि सम्झीन्छु हामीले भिडियो कलमा घण्टौँ गरेका बातहरु र वर्षाउँछु आँखाबाट आँशुको नदी। अनि सम्झीन्छु विपिन किरणको शब्दमा महेश खड्काले लय भरेपछि सोरुप आर्चायले गाएको गीत बल गरेर त्यो मन यता मोड भन्दीन माया गर्छौँ थाहा छ मलाई छोड भन्दीन म? लाग्छ गीत रचना गर्ने बेला पक्कै मेरो जस्तै केही घटना भएको थियो होला। र त यो गीतको सिर्जनमा मन आएको थियो।

हिजोको हाम्रो साथको कल्पनामा आज म रमाउने गर्छु। सोचेको थिएन कसैलेको याद शारीरीक अवस्था यति कमजोर बनाउँछ भनेर। एउटा सत्य यो पनि रहेछ, जसलाई जति बिश्वास र इज्जत दिइन्छ उसले उति नै पिडा दिन्छ । सम्झिरहेछु…कति बिर्सन चाहेर पनि बिर्सन नसक्ने कुराहरु…।

जब रात पर्छ उनका यादहरूले सताइरहन्छ मन दुखाइरहन्छ। थाहा छैन उनी मलाई अझै याद गर्छीन या गर्दिन्न तर मलाई भने उनीसगँ बिताएका हरेक पलका सम्झना आशु बनेर बग्ने गर्छन्। उनको मनले मलाई सम्झिनुपर्छ ठान्दिन म। तर मेरो मनले उनलाई बिर्सिनै मान्दैन।

यति मात्र लाग्छ कि यो जिन्दगीले मलाई कस्तो ठाँउमा ल्याएर उभ्यायो न  बिर्सनुको विकल्प छ न सन्झनुको विकल्प छ….के गरु म अब। किन महसुश हुदैन उनलाई मेरो पीडा जो बारम्बार भन्न गर्थेे धेरै नजिक बाट बुझ्छु कान्छु हजुरलाई। आज किन बुझ्दैछैनौ तिमी मलाई। आनि आफै देखेर धिन लाग्छ जब मलाई यो महसुस हुन्छ म उसैको लागि रुदैछु जसलाई मेरो आाशुको कदर छैन्।

यो सबै हुनुमा मेरो जात मात्र हो मलाई अनि उनीलाई थाहा छ न त हामी यो समाजसँग लड्न सक्यौ न त आफ्नो माया सफल बनाउन सक्यौ जसको पछाडि हामीले सोचेका थियौँ आमाबुबाको सपना। यदि मेरो सानो जात हुदैन हो या त उनीको ठुलो जात हुदैन हो भने आज हामी यो अवस्था आउने कारण नै हुनेथिएन होला।

यो समाजले त हामी छुटइदिएको छ कि हामी कसैले जात हेरेर मात्र प्रेम गर्नुपर्छ भनेर। यो अवस्था आउँछ भन्ने हामी पहिले नै कसैले भनिदिएको भए हामी पनि लगाउने थिएनौ होला जात नमिल्ने पिरती। वर्षौदेखि सुुन्दै आएको एउटा भनाइ छ, ‘प्रेमको कुनै जात हुँदैन, धर्म, वर्ग र रंग हुँदैन।’

तर, समाजमा वर्षौंदेखि विभेद कायमै छ। म यति सम्झी रहेको छु नेपाली चलचित्र ‘बाटोमुुनिको फूल’मा दलित पात्रले बोल्ने एउटा संवाद, ‘व्यर्थै भयो पिरती, के छेकिन्थ्यो सूर्यलाई हातैले, गर्नु ग¥यो जातैले ।’ हाम्रो समाजमा गैरदलितहरूलाई दलितहरूको श्रम र सीप स्वीकार्य छ, तर प्रेम अझै वर्जित छ। निकै मन दुखेर आउँछ यस्ता कुराले हामी सबैलाई थाहा छ नि ठकुरीसँग प्रेम गरेकै कारण पश्चिम रुकुमका नवराज विश्वकर्मा र उनलाई साथ दिने साथीहरूको समेत हत्या त्यसको क्रुर र समाजको एक ताजा उदाहरण।

मैले अझै बुझ्न नसकेको कुरा प्रेम गर्दा खेरि नै किन गर्दैन क्या जात अनि धर्मको कुरा जब एकअर्को बिना बाच्न नसक्ने अवस्था हुन्छ अनि सुरु हुन्छ जात अनि धर्मको कुरा। हुन त यो २१ औँ शताब्दी हो हामी सबैलाई थाहा छ, हामीले छुवाछुत भेदभाव गर्नुहुदैन भनेर। अनि मैले यस्तो लेखिरहँदा कसैलाई हासोको विषय नि लाग्न सक्छ होला। म दृढताका साथ भन्छु २१ औँ शताब्दीमा जातिय भेदभाव र छुवाछुत झन बढी भइरहेको छ।

आज यो हाम्रो समाजले कति प्रेमहरुलाई अलग गरिसक्यो त्यो प्रेम गर्नेलाई मात्र थाहा हुन्छ तर आखिर यो कति वेलासम्म समाजका भनौदाहरु? कति वेलासम्म यस्ता चोखो माया गर्नेहरुलाई छुटाउँछन्? यो कुरामा मैले सबै दोष तिमीलाई पक्कै पनि दिन खोजेको होइन प्यारो मान्छे यो समाजको रिस मैले लेखेर मेटाएको मात्र हुँ। हामीलाई त यो जुनिमा एक हुन दिएन। अब अर्को जुनिमा तिम्रै भएर जन्म लिन पाउँ।

लामो जीवनको यो छोटो यात्रामा तिमीसँग बिताएका ति पलहरु संगालेर अगाडी बढ्ने प्रयास गर्दैछु तिमी पनि आफ्नो ख्याल गर है प्यारो मान्छे पढाइलाई निरन्तरता दिनु,सधै तिमी खुसि छौँ भन्ने खबर सुन्न पाउँ अब बाँकी जीवनको शुभकामना है प्यारो मान्छे।

सम्बन्धित पाेष्टहरु
Loading...