Unity Khabar

सुदूरपश्चिमका नवनियुक्त मन्त्रीलाई एमालेले सोध्यो २४ घण्टे स्पष्टीकरण

कैलालीः नेकपा एमालेको प्रदेश कमिटीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागि नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई स्पष्टीकरण सोधेको छ। एमाले सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले नवनियुक्त मन्त्री र राज्यमन्त्रीलाई २४ घण्टे स्पष्टीकरण सोधेका हुन्।

आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्री दीर्घ सोडारीलाई स्पष्टीकरण सोधिएको छ। भने राज्यमन्त्रीमा नियुक्त चुनकुमारी चौधरी, अर्चना गहतराज र मना साउदलाई पनि स्पष्टीकरण सोधिएको छ।

प्रदेश संसदीय दलको सचेतकमा नियुक्त दुर्गा कामीलाई पनि स्पष्टीकरण सोधिएको छ। यसअघि तीन मन्त्रीलाई स्पष्टीकरण सोधिएको थियो। उनीहरूलाई स्थायी कमिटीको बैठकको निर्णयविरुद्ध गएर प्रदेश सरकारमा मन्त्री भएको आरोप लगाइएको छ।

सोमबार स्थायी कमिटीको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। बुधबार प्रदेश संसदीय दलले भने वर्तमान सरकारलाई दिएको समर्थन कायम राख्ने निर्णय गरेको थियो। शुक्रबार एमाले माधव पक्षले मन्त्री थप गरेको छ।

सम्बन्धित पाेष्टहरु
Loading...