Unity Khabar

अष्ट्रेलियाका बलर कमिन्सले छाने विश्व टेस्ट प्लेइङ–११, यी खेलाडीलाई दिए मौका

डडेल्धुराः अष्ट्रेलियाका तिब्र गतिका बलर प्याट कमिन्सले आफ्नो मनपर्ने विश्व टेस्ट इलेवनको घोषणा गरेका छन्। कमिन्सले आफ्नो छनौटको टेस्ट इलेवनमा हालको ११ सर्वश्रेष्ठ खेलाडीहरूको नाम लिएका छन्।

विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा भारत र न्यूजल्याण्ड १८ जुनमा खेल्दै छन्। ऐतिहासिक टेस्ट खेल अघि, कमिन्सले आफ्नो मनपर्ने ११ खेलाडीहरू छनौट गरेका छन्।

कमिन्सले रोहित शर्मा र डेभिड वार्नरलाई टेस्ट इलेवनमा ओपनरका रूपमा चयन गरेका छन्। यस बाहेक, कमिन्सले केन विलियमसन, स्टीव स्मिथ, विराट कोहलीलाई क्रमशः तेस्रो, चौथो र पाँचौ नम्बरका ब्याट्सम्यानको रूपमा लिएका छन्।

कमिन्सले चेतेश्वर पुजारालाई टिममा राखेको छैन। बेन स्टोक्सलाई एक टोलीमा एक अलराउन्डरको रूपमा समावेश गरेका छन्। अष्ट्रेलियामा आफ्नो टिमबिरूद्ध जितेको भारतीय टीमका ऋषभ पन्त कमिन्सले टिमका विकेटकीपरका रूपमा टोलीमा राखेका छन्।

पन्तले पछिल्ला समयमा विदेशी भूमिमा उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। जस कारण ारण कमिन्सले पन्तलाई आफ्नो टीममा राखेका छन्। नेथन लियोनलाई उनले टीमका एकमात्र स्पिनरका रूपमा लिएका छन्।

अष्ट्रेलियाका तिब्र गतिका बलर कागिसो रबाडा र जसप्रीत बुमराहलाई प्लेइङ इलेवनमा समावेश गरेका छन्। बुमराह एक मात्र भारतीय तेज बलर हुन्।

यो प्लेइङ इलेवनमा, कमिन्सले विराट कोहलीलाई पाँच नम्बरको ब्याट्सम्यानका रूपमा लिएका छन्। कोहली टेस्टमा चार नम्बरमा व्याटिङ गर्दै आएका छन्। यद्यपि कमिन्सले आफूले चयन गरेको यस टोलीमा कुनै कप्तान बनाएको छैन।

यस्तो छ प्याट कमिन्सको वल्र्ड टेस्ट इलेवनः
डेभिड वार्नर, रोहित शर्मा, केन विलियमसन, स्टीव स्मिथ, विराट कोहली, बेन स्टोक्स, ऋषभ पन्त (विकेटकीपर), प्याट कमिन्स, नेथन लियोन, कागिसो रबाडा, जसप्रीत बुमराह

सम्बन्धित पाेष्टहरु
Loading...