Unity Khabar

पाकिस्तानका पूर्व विकेटकीपर अकमलले गरे भारतीय क्रिकेट टिमको प्रशंसा

डडेल्धुराः पछिल्ला दिनहरूमा पाकिस्तानका पूर्व क्रिकेटरहरू भारतीय खेलाडीहरू र क्रिकेटको धेरै प्रशंसा गरिरहेका छन्। पाकिस्तानका पूर्व क्रिकेटर सलमान बट्टलगाएतका क्रिकेटरले भारतीय खेलाडीको प्रशंसा गर्दै आइरहेका हुन्।

पूर्व विकेटकीपर कामरान अकमलले भारतीय क्रिकेटको बारेमा धेरै कुरा भनेका छन्। कामरान अकमल उनै हुन् जसले पाकिस्तान क्रिकेटमा राम्रो योगदान पु¥याएका थिए।

त्यसैले उनका कान्छा भाई उमर अकमलको बारेमा विवाद चल्दै आएको छ। उसो त भारतीय क्रिक्रेट टीमले राम्रो प्रदर्शन गर्दै आइरहेको छ। भारतले अस्ट्रेलियाको भूमिमा ऐतिहासिक श्रृंखला विजयको रेकर्ड गरेको थियो।

भारतले इङ्ग्ल्यान्डलाई उसैको मैदानमा धुल चटाएपछि विश्वभरका भारतको चर्चा झनै चलेको छ। विश्वका चर्चित खेलाडीहरूले समेत भारतको प्रशंसा गरिरहेका छन्।

यही कारण होला पाकिस्तानी क्रिक्रेटले पनि यस प्रदर्शनको प्रतिध्वनि स्वीकार गरिरहेका छन्। कामरान अकमलले आफ्नो युट्यूब च्यानलमा भारतीय क्रिकेट टीम बलियो भएको र उनीहरूले सजिलैसँग दुई टोली नभई अन्तर्राष्ट्रिय स्तरमा तीन टोली लिन सक्ने बताए।

भारतका दुई टोली एकै समयमा अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै छन्। एउटा टोली इङ्ग्ल्यान्डमा टेस्ट श्रृंखलामा खेल्ने छ भने उही समयमा अर्को टोली श्रीलंकामा एकदिवसीय क्रिकेट।

अकमलले राहुल द्रविड़का उदाहरण दिँदै पछिल्लो सात/आठ वर्षमा भारतीय क्रिकेट टीमलाई चर्चाको शिखरमा पुर्याएको बताए। उनले भारतीय टिमका प्रशिक्षक रवि शास्त्रीको पनि प्रशंसा गरेका छन्। शास्त्रीले प्रशिक्षको रूपमा शानदार काम गरिरहेको उनको भनाइ छ।

सम्बन्धित पाेष्टहरु
Loading...