Unity Khabar

श्रीलंका र बंगलादेशबीचको एकदिवसीय खेलमा बनेका सात रिकर्ड

डडेल्धुरा: श्रीलंकाले तेस्रो वनडेमा बंगलादेशलाई शुक्रबार ९७ रनले हरायो। श्रीलंका टीमले एकदिवसीय खेल जित्न सफल भए पनि शृंखला २–१ ले गुमायो।

बंगलादेशले पहिलो २ ओडीआई जित्यो। तेस्रो एकदिवसीय खेलमा, श्रीलंकाले पहिले ब्याटिङ गर्दै ५० ओभरमा ६ विकेट गुमाएर २८६ रन बनायो।

जसमा श्रीलंकाका कप्तान कुसल परेराले १२० रनको शतकीय पारि खेले। धनन्जय डि सिल्भा (नाबाद)ले ५५ रनको अर्धशतकीय पारि खेलेर २८६ रन बनाउन सफल भए। जवाफि व्याटिङ गरेको बंगलादेशले ४२.३ ओभरमा अलआउट हुँदैं १८९ रन मात्रै बनाउन सक्यो।

श्रीलंकाका दुश्मन्थ चमेराले उत्कृष्ट बलिङ गरे उनले १६ रन दिएर महत्वपूर्ण ५ विकेट लिए। हसरंगा र रमेश मेंडिसले २–२ विकेट लिए भने बिनूरा फर्नान्डोले एक विकेट लिए। तेस्रो वान्डे श्रीलंकाले जित्यो तर, सीरीज भने २/० ले गुमायो। यो खेलको दौरान विभिन्न र्ठूला रिकर्डहरू बनेका छन्।

पहिलो पटक बंगालादेशले श्रीलंका बिरुद्द कुनै पनि ढाँचामा श्रृंखला जित्न सफल भएको हो।

अन्तर्राष्ट्रिय क्रिकेटमा दुबै टोलीले अहिले सम्म २२ सीरीज खेलेका छन् जसमा श्रीलंकाले यस सिरीज अघिका २१ सीरीज जित्न सफल भएको थियो।

तेस्रो एकदिवसीय खेलमा, शाकिब अल हसनले ३ विकेट लिएका थिए। र, उनले आफ्नो नाममा वान्डे क्रिक्रेटमा २६९ विकेट लिएको रिकर्ड राखेका छन्। शाकिबले वान्डेमा मशराफी मोर्तजाको बराबरी गरिसकेका छन। बंगलादेशबाट एकदिवसीय क्रिकेटमा मशराफले २६९ विकेट पनि लिएका छन।

कुसल परेरा श्रीलंकाका पहिलो कप्तान बनेका छन् जसले बंगलादेशको बिरूद्ध एकदिवसीय क्रिकेटमा कप्तानको रूपमा अद्भुत शतक बनाए।

कुसल परेरा कप्तानको रूपमा पहिलो एकदिवसीय शृ्खंलामा शतक बनाउने तेस्रो श्रीलंकाका खेलाडी बनेका छन्।

बंगलादेश बिरूद्ध एकदिवसीय खेलमा उत्कृष्ट बलिङ गरे। दुश्मन्त चमिरा श्रीलंकाका लागि एकदिवसीय खेलमा ५ विकेट लिने पहिलो खेलाडी बने।

वान्डेमा चार नम्बरमा व्याटिङ गर्दै मुशफिकुर रहीमले चार हजार रन पूरा गरे। उनी २१ औं शताब्दीमा छैटौं खेलाडी बनेका छन्।

तमीम इकबाल इन्टरनेशनल क्रिकेटमा १४ हजार रन बनाउने बंगालादेशका पहिलो खेलाडी बने।

एकदिवसीय खेलमा मेहदी हसन र तस्किन अहमदले ५० विकेट पूरा गरे।

शाकिब अल हसनले ३ वान्डे एकदिवसीय श्रृंखलामा १९ रन बनाए। यो उनको एकदिवसीय करियरमा घरेलु मैदानमा खेलेको एकदिवसीय श्रृंखला मा तेस्रो सबैभन्दा कम रन हो।

सम्बन्धित पाेष्टहरु
Loading...