Unity Khabar

विश्वकप छनोट : कतारविरुद्ध खेल्दै भारत

काठमाडौं : फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०२३ को संयुक्त छनोटका लागि दोस्रो चरणको बाँकी म्याच  आजदेखि सुरु हुँदैछन्।

समूह ‘ई’ मा रहेको भारते सोही छनोटअन्तर्गत आज कतारको सामना गर्दैछ। एसियाली च्याम्पियन कतारविरुद्ध जीत निकाल्न भारतलाई चुनौती हुनेछ।

यसअघि भारतले सेप्टेम्बर २०१९ मा कतारविरुद्ध खेलेको थियो। उक्त खेलमा भारतले कतारलाई बराबरीमा रोकेको थियो।यो पछिल्ला समयमा भारतको लागी सबै भन्दा राम्रो परिणाम मानिन्छ।

३ अङ्कसहित समूह (ई) मा रहेको भारत चौथो स्थानमा
कतारको राजधानीमा भारतले आफ्नो घरेलु खेल खेल्दैछ। भारतमा हुने भनिएको खेल कोरोना भाइरसको कारणले गत बर्ष स्थगित गरिएको थियो। अहिले पनि भारत कोरोनासँग जुधिरहेको छ। ग्रुप ‘ई’ का खेलहरू अब समान मैदानमा आयोजना हुँदैछन्।

घरेलु मैदानमा कतार पूर्ण जित आत्मसात गर्ने लक्ष्यका साथ मैदान उत्रिनेछ। मार्चमा खेलेको मैत्रीपूर्ण खेलमा कतारले लक्जमबर्गलाई १–० र अजरबैजानलाई २–१ ले हराएको थियो। भने आयरल्यान्डसँग १–१ को बराबरी खेलेको थियो। कतार एसियाको शीर्ष टोली हो। उसले हालसालै युरोपेली र दक्षिण अमेरिकी टीमहरूविरुद्ध राम्रो नतीजा प्राप्त गरेको छ।

भारतीय टीम
सुनिल क्षेत्री, भारतीय कप्तान, गुरप्रीत सिंह संधू, अमरिंदर सिंह, धीरज सिंह, प्रीतम कोटल, राहुल भेके, नरेन्द्र गहलोत, चिंग्लेनसाना सिंह, संदेश झिंगन, आदिल खान, आकाश मिश्रा, सुभाषिस बोस, उदन्त सिंह रहेका छन्।

यस्तै ब्रेंडन फर्नांडिस, लिस्टन कोलाको, रोलिन बोर्जेस, ग्लेन मार्टिनस, अनिरुद्ध थापा, प्रणय हलदर, सुरेश सिंह, लालेन्ग्मिया राल्टे, अब्दुल सहल, यासिर मोहम्मद, लल्लिन्जुआला छाजबलन्गटे, बिपिन सिंह, आशिक कुरुनिन, ईशान पण्डिता र मनवीर सिंह।

सम्बन्धित पाेष्टहरु
Loading...