Unity Khabar

राष्ट्रीय श्रोत व्यक्ती महरद्वारा महासंघको आकस्मिक कोषमा आर्थिक सहयोग

डडेल्धुराः प्राकृतिक श्रोत व्दन्दरुपान्तरण केन्द्र,नेपालका राष्ट्रीय श्रोत व्यक्ती तेजबहादुर महरले नेपाल पत्रकार महासंघको आकस्मिक कोषमा आर्थिक सहयोग गरेका छन्। महरले नेपाल बैंक लिमिटेड डडेल्धुरा शाखामा कोरोना आकस्मिक कोषमा २ हजा ५ सय रूपैयाँ जम्मा गरेका हुन्।

नेपाल पत्रकार महासंघले कोरोना संक्रमणको जोखिममा परेका पत्रकारहरूको स्वास्थ्य उपचारमा सहजता ल्याउन कोरोना आकस्मिक कोष स्थापना गरेको हो।

अग्रपंक्तिमा खटिँदा खटिँदै कोरोना संक्रमणको चपेटामा परेका पत्रकारहरूको उपाचार तथा व्यवस्थापनमा केही हदसम्म टेवा पुगोस् भन्ने हेतुले आफूले सहयोग गरेको मह।ले बताए।

सहयोग गर्न चाहानेले नेपाल बैंकमा रहेको नेपाल पत्रकार महासंघ कोरोना आकस्मिक कोष नामको खाता नं १६३००१०७०३९१६४०००००१ मा रकम जम्मा गर्न सकिने महासंघले जनाइएको छ।

 

सम्बन्धित पाेष्टहरु
Loading...