Unity Khabar

कोरोना रोकथामका लागि छिमेक लघुवित्तद्वारा २ पालिकालाई आर्थिक सहयोग

डडेल्धुराः कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय चिपुर डडेल्धुराले दुई गाउँपालिकालाई आर्थिक सहयोग गरेको छ।

लघुवित्त वित्तीय संस्थाले जिल्लाको अजयमेरु गाउँपालिका र भागेश्वर गाउँपालिकालाई आर्थिक सहयोग गरेको हो। सोमबार संस्थाका शाखाका प्रवन्धक सुरेश सुतारले अजयमेरुका उपाध्यक्ष कलावती भाणलाई १३ हजार र भागेश्वरका नायब सुब्बा मात्रिकाप्रसाद भट्टलाई १२ हजारको चेक हस्तान्तरण गरेका हुन्। कोरोना महामारीविरुद्ध लड्न केही सहयोग होस् भन्ने हेतुले संस्थाले सहयोग गरेको प्रवन्धक सुतारले जनाए।

कोरोना नियन्त्रणका लागि आर्थिक सहयोग गरेकोमा वित्तीय संस्थालाई दुवै गाउँपालिकाले धन्यवाद दिएका छन् ।

यस्तै, वित्तीय संस्थाले अस्थाई प्रहरी पोष्ट चिपुरलाई पनि स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरेको छ। प्रवन्धक सुतारले स्वास्थ्य सुरक्षा अपनाउनका लागि मास्क, सेनिटाइजर, हेन्डवासलगायतका स्वास्थ्य सामग्री प्रहरी पोष्टका हवल्दार करन चन्दलाई हस्तान्तरण गरेका हुन्।

जनताको सेवामा दैनिक २४सै घन्टा खटिने प्रहरी सुरक्षाकर्मीलाई केही हलसम्म टेवा पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री सहयोग गरिएको प्रवन्धक सुतारले बताए।

वित्तीय संस्थाले संस्थामा आवद्ध भएका सदस्यहरू कोरोना संक्रमित भएको खण्डमा फलफूल र खाजाका लागि भनेरप्रति व्यक्ति २ हजार रुपयाँ समेत दिने गरेको उनको भनाइ छ ।

यस्तै, संक्रमित भएर अस्पताल भर्ना हुनुपरेको खण्डमा प्रतिव्यक्ति १० हजार उपचार खर्च समेत संस्थाले व्यहोर्ने प्रवन्धक सुतारले जानकारी दिए।

सम्बन्धित पाेष्टहरु
Loading...