Unity Khabar

सुदूरपश्चिममा जोगियो माओवादी नेतृत्वको सरकार, मुख्यमन्त्री भट्टले पाए विश्वासको मत

डडेल्धुरा: सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको पक्षमा ३० मत पाएका छन्। विपक्षमा ९ मत परेको छ।

आज प्रदेशसभा बैठकमा विश्वासको मत मागेका मुख्यमन्त्री भट्टलाई माओवादीका १३ र एमाले माधव नेपाल पक्षका १५ सांसदले साथ दिएका हुन्।

योसँगै सुदूरपश्चिममा माओवादी नेतृत्वको सरकार जोगिएको छ। आज प्रदेशसभा बैठकमा ५१ जना उपस्थित थिए।

सत्तासाझेदार दल एमालेभित्र बढ्दो किचलोका बीच मुख्यमन्त्री भट्टले विश्वासको मत लिने निर्णय गरेका थिए । सुदूरपश्चिम प्रदेशसभामा ओली पक्षमा ९ जना मात्र सांसद छन् ।

सम्बन्धित पाेष्टहरु
Loading...