Unity Khabar

डडेल्धुराका ४ स्थानीय तहलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

डडेल्धुराः डडेल्धुराका स्थानीय तहलाई कोभिड उपचार, रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपकरण तथा स्वास्थ्य सामग्री सहयोग गरिएको छ ।

सुरक्षित मातृत्व सञ्जाल महासंघ नेपालमा जिल्लाका ४ स्थानीय तहलाई २–२ वटाका दरले अक्सिजन कन्सन्ट्रेटर सहयोग गरिएको हो ।

बुधबार ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक) डडेल्धुराले कन्सन्ट्रेटरसँगै अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

अजयमेरु गाउँपालिका, भागेश्वर, नवदुर्गा र गन्यापधुरा गाउँपालिकालाई २–२ थान कोभिडका बिरामीलाई अत्यावश्यक अक्सिजन प्रदान गर्ने कन्सन्ट्रेटर सहयोग गरिएको हो ।

महासंघकी अध्यक्ष एवं नेपाली कांग्रेसकी नेतृ डा।आरजु राणा देउवाको पहलमा कन्सन्ट्रेटर र स्वास्थ्य सामग्री जिल्लामा पठाइएको रुडुककी कार्यकारी निर्देशक सरस्वती खड्काले जानकारी दिइन् ।

सेनिटाइजर र साबुनलगायतका स्वास्थ्य सामग्री जिल्लास्थित ४ वटै सुरक्षा निकाय र पत्रकार महासंघलाई वितरण गरेको उनले बताइन्। आगामी दिनमा पनि अन्य सहयोग गर्ने निर्देशक खड्काले प्रतिबद्धता व्यक्त गरिन्।

सम्बन्धित पाेष्टहरु
Loading...