Unity Khabar

यातायात व्यवसायी भन्छन् : ब्याज र किस्ता तिर्दा आत्महत्या गर्नुपर्ने अवस्था आयो

राहातको व्यवस्था नभए लकडाउन खुले पनि यातायात सञ्चालन नगर्ने

डडेल्धुरा: लकडाउनले यातायात मजदुर मारमा परेको र व्यवसाय धराशायी भएको भन्दै सरकारले सहयोग नगरे लकडाउन खुलेपश्चात पनि यातायात सञ्चालन नगर्ने यातायात व्यवसायीका प्रतिनिधिले चेतावनी दिएका छन्।

बिहीबार डडेल्धुराका प्रमुख जिल्ला हरिप्रसाद घिमिरेलाई ज्ञापन पत्र बुझाउँदै व्यवसायीहरूले बैङ्क ब्याज र ऋण किस्ता तिर्दा आत्महत्या गर्नुपर्ने अवस्था आएका बताएका हुन्।

घर जग्गा धितो राखी लागनीमा रहेको सार्वजनिक यातायात क्षेत्रमा आवद्ध लाखौँ मजदुर जनशक्तिले सवारी साधन सञ्चालनमा ल्याएको भएपनि लकडाउनले समस्यामा परेको उधोग बाणिज्य संघ डडेल्धुराका अध्यक्ष लोकराज भट्टले बताए।

११ चैत २०७६ पछि केही समय खुकुलो भएको लकडाउनमा यात्रुवाहाक सवारी साधनहरुले आफ्नै खर्च पनि उठाउन नसकेको अवस्थामा पुनः कोरोना महामारीको दोस्रो लहरका कारणले भएको निषेधाज्ञाले यातायात बन्द हुँदा समस्या भएको उनले बताए।

लकडाउनको अवधीमा पनि सार्वजनिक यातायात क्षेत्र पूर्ण जोखिममा हँुदा हँुदै पनि राज्यले मध्यम जोखिमको श्रेणीमा राखेका कारण यस क्षेत्रले कुनै सुविधा नपाएको र उक्त अवधीको बैङ्क ब्याज–ऋण किस्ता समेत तिर्नु परेको यातायात व्यवसायीको गुनासो छ।

यातायात सञ्चालन गरेर दैनिक काम गरेर साँझ ज्याला लिने क्षेत्र भएको बताउँदै उग्रतारा डडेल्धुरा सार्वजनिक यातायात प्रालिका अध्यक्ष मानबहादुर साउँदले सवारी साधन सञ्चालनमा नआउँदा सवारी सधानको किस्ता, मर्मत, विमालगायतका भैपरि आउने खर्चहरु कटाई बचत रकमबाट आफ्नो परिवारको पालनपोषण गर्ने व्यवसायीहरु आर्थिक संकटमा रहेको बताए।

दैनिक जीवनयापनमा बकसमस्या भै रहेको अवस्थामा सरकार तथा बैङ्क वित्तिय संस्था संवेदनशिल नभएको यातायात व्यवसायीहरूको ठहर छ। व्यवसायीले डडेल्धुराका प्रजिअ घिमिरेमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र पठाएको छ।

यस्तै यातायात व्यवसायीले अर्थ मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय सुदुरपश्चिम, नेपाल राष्ट्र बैङ्क, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, सम्पूर्ण बाणिज्य बैङ्कहरू, सम्पूर्ण विकास बैङ्कहरू, सम्पूर्ण लघुवित्त तथा फायनाईनस कम्पनीहरू र सम्पूर्ण सहकारी संस्थाहरूलाई बोदार्थ गरेको छ।

लामो समयबाट आम्दानी गुमाई संकटमा परेको यातायाता व्यवसायी पुरानो ऋण कर्जा सहुलियत समाधन हुन नपाउदै पुनः कोरोना महामारीको दोस्रो लहर २०७८ बैशाख १६ गते बाट लागू भएको र हालसम्म हाम्रा सार्वजनिक सवारी साधनहरु घर, ग्यारेजमा थन्काई राखेको अवस्थामा सम्बन्धित सरोकारवाला निकायलाई अवगत भएकै कुरा ज्ञापन पत्रमा लेखिएको छ।

‘हामी यातायात व्यवसायीहरूले पुनः सवारी साधन सञ्चालनमा ल्याउनमा नै मर्मत सम्भारमा ३ देखि ५ लाख जति खर्च हुने अवस्था पुनः सृजना भएको छ। तसर्थ हाम्रो यो व्यवसायलाई पुनः चलायमानका लागि विगत २०७६ चैत्रदेखि हाल लकडाउन खुलेसम्मको अवधीको बैङ्क कर्जा ब्याज मिनाहा, रूट परमिट, जाँचपास, सवारी कर, विमा छुटका साथै थन्कीएर रहेका सावरी साधनहरूको मर्मत सम्भार बाफतको सहुलियत ऋणकर्जा, लकडाउन खुलेको ६ महिनापछि बैङ्क किस्ता, मजदुर व्यवसायीहरूलाई राहातको व्यवस्था गर्ने भएमा मात्र सार्वजनिक यातायात सञ्चालनमा ल्याउन सकिने कुरो अवगत गराउन चाहान्छौं,’ ज्ञापन पत्रमा भनिएको छ।

आफूहरूको पीर मार्का, समस्या गुहार–अनुरोध गर्दागर्दे पनि सम्बन्धीत सरोकारबाला निकायबाट सम्बोधन नभएमा सम्पूर्ण यातायात व्यवसायी आ–आफ्ना सवारी साधनहरू बैङ्क तथा वित्तिय संस्थाहरूको आगनमा खडा गरी, साँचो बुझाई आफ्नो लगानी फिर्ता लिने माग गर्न बाध्य भई आन्दोलित हुने समेत उनीहरूले चेतावनी दिएका छन्।

सम्बन्धित पाेष्टहरु
Loading...