Unity Khabar

विपन्न र मजदुरलाई राहत वितरण

डडेल्धुरा: डडेल्धुराका विपन्न र ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरिएको छ। सामबार जिल्लाका ३५ परिवारलाई हिमानी कोषले राहत वितरण गरेको हो।

ज्याला मजदुरी गर्ने, घरमा अन्नको जोहो गर्न नसक्ने विपन्न परिवारलाई हिमानी कोष मार्फत राहत वितरण गरिएका जिल्ला शाखा डडेल्धुराका संयोजक बिमल जैरुले बताए।

उनका अनुसार अमरगढी नगरपालिका– २, ४ र ५ नम्बर वडाका विपन्न र ज्याला मजदुरी गर्ने परिवारलाई राहत वितरण गरिएको हो। राहतमा चामल, दाल, नुन, तेल, आलु र अण्डालगाएतका खाद्य सामाग्री वितरण संयोजक जैरुले बताए।

राहत पाएपछि विपन्न र ज्याला मजदुरी गर्ने परिवारले खुसी व्यक्त गरे। उनीहरूले कोभिडले साझ–विहान हात मुख जोर्न समस्या भएको अवस्थामा राहत वितरण गरेकोमा हिमानी कोषलाई धन्यवाद व्यक्त गरे।

सम्बन्धित पाेष्टहरु
Loading...