Unity Khabar

डडेल्धुरा : परशुरामको सामुदायिक वनमा महिला स्वास्थ्य कर्मचारीको विभत्स हत्या

शरिरभरी निलडाम, मोवायल भेटिएन्

डडेल्धुरा :  डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका – ९ को हट्वानी सामुदायिक वनमा एकजना महिला स्वास्थ्य कर्मचारीको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको छ ।
परशुराम नगरपालिका – ८ को जमरानी आधारभूत स्वास्थ्य ईकाइ केन्द्रमा कार्यरत कर्मचारी २६ वर्षीया अस्मितादेवी धामीको शनिबार चारदिन पछि विभत्स हत्या गरेको शव फेला परेको हो ।

उनको शनिबार चारदिन पछि हत्या गरिएको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख महेन्द्र नेपालले जानकारी दिएका छन् ।
असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको वचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव वनमा फेला परेको हो । उनको शरिरभरी ठुल-ठुला निलडाम रहेका घटना स्थलमा पुगेका स्थानीयले जानकारी दिएका छन् ।

नाकको डाडी पुरै भाचिएको छ भने एकापट्टीको बांगारा भाँचिएको छ, घटनाको प्रकृति हेर्दा विभत्स हत्या हो, वडा नं. ८ का अध्यक्ष गोविन्द बोहराले भने घटनाको सत्यतथ्य छानविन हुनुपर्छ ।

मुलबाटोदेखी ६० देखी ७० मिटरको दुरीमा शव फालिएको छ, त्यसको केही तल उनले बोकेको कोभिड भ्याक्सिन बक्स छ केही माथी चप्पल फेला परेको छ उनी संग भएको मोवायल भने भेटिएन् घटना स्थल पुगेका पत्रकार रमेश धामीले भने,
घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक हर्षबहादुर चन्दनेतृत्वको टोली घटना स्थल पुगेर शव पोष्ट मार्टमका लागि जोगबुडा अस्पताल ल्याईएको छ । शवको पोष्टमार्टम आईतबार विहान मात्रै गरिने प्रहरीले जानकारी दिएको छ ।

घटनाको थप अनुसन्धानका लागि प्रहरी नायव उपरिक्षक महेन्द्र नेपालसहित सरकारी वकिलको टिम समेत जोगबुडा पुगेको छ ।
दुई छोरीकी आमा अस्मिता दिनहु घरबाटै कार्यालय आउने भएपनि कोभिडको खोप लगाउने अभियानका कारण एकदिन कार्यालय नजिकैको आफन्तको घरमा बस्ने र दोस्रो दिन छोरीका लागि भएपनि घर पुग्ने गर्थिन् ।

सधै दोस्रो दिन जसरीपनि घर पुग्ने अस्मिता कार्यालयबाट दोस्रो सम्म पनि घर नपुगेपछि घरपरिवारले अस्मिताको खोजी गरेका थिए । सुरुमा कार्यालयमा फोन गरे कार्यालयका प्रमुखले अघिल्लो दिन जोगबुडा अस्पताल गएको र दोस्रो दिन कार्यालय नआएको बताए ।

त्यसपछि जोगबुडा अस्पताल र आफन्तहरुकोमा खोजी भयो र त्यसै क्रममा मलाईपनि फोन आयो वडा अध्यक्ष बोहराले भने दोस्रोदिनको कार्यालय समयपछि आफन्तहरुकोमा खोजी गरियो ।

तेस्रो दिन गाँउबाट टोली निर्माण गरि खोजी सुरु गरिएको र बाटोमा कहिकतै नदेखेपछि चौथो दिन प्रहरीलाई समेत खोजीका लागी अनुरोध गरेर सिमाचौकी तातापानी र जोगबुडा ईलाका प्रहरी कार्यालयको टोली समेत खोजी गर्दै गर्दा स्थानीयको टोलीले हट्वानी सामुदायिक वनमा शव फेला पारेको अध्यक्ष बोहरा बताउछन् ।
महिला स्वास्थ्य कर्मचारीको विभत्स रुपमा भएको हत्या घटनाको यथासक्य चाडो छानविन गरि दोशी माथी कडा कारवाहीको सर्वत्र माग गरिएको छ ।

अधिकारकर्मी राजनितिकर्मी देखी स्थानीयले सत्यतथ्य छानविन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
डडेल्धुराको प्रदेश ‘क’ क्षेत्रबाट निर्वाचित सांसद एवम् पूर्व मन्त्री पठान सिंह बोहराले घटनाको घोर भत्सर्ना गर्दै घटनामा जोसुकै संलग्न भए पनि निस्पक्ष छानबिन गरि अपराधी पत्ता लगाई हदै सम्मको कानूनी कारबाहीको माग गरेका छन् ।

आफ्नो कर्तब्य पालनाको सिलसिलामा अस्वभाबिक ढंगले मृत्यू भएको खबरले अत्यन्त दुःखित भएको भन्दै पूर्वमन्त्री बोहराले अस्मीता प्रति भावपूर्ण श्रद्धान्जली ब्यक्त गर्दै परिवारजनहरु एवं आफन्त सबैमा गहिरो समबेदना समेत प्रकट गरेका छन् ।
नगर प्रमुख भिमबहादुर साँउदले दिन दहाडै यसरी नेपाल सरकारको कर्मचारी माथी गरिएको बीभत्स हत्या अमानवीय , दुर्भाग्यपूर्ण ,अकल्पनीय भएको बताएका छन् ।

उनले घटना प्रती घोर भत्सर्ना गर्दै तत्काल नेपाल प्रहरीलाई घटनाको सत्य तथ्य र निश्पक्ष अनुसन्धान गरी दोषी पत्ता लगाइ हदै सम्मको कार्वाही र पिडितको उचित न्यायको माग गरेका छन् । नगरप्रमुख सााउदले एउटा मात्रै अस्मिता धामी होइन, यहाँका छोरी चेलीहरुको अस्मिता लुटिनबाट सरकारले तत्काल सुरक्षा प्रदान गर्न आग्रह समेत गरेका छन् ।

नेकपा माओवादी केन्द्र परशुराम नगरकमिटी अध्यक्ष शेरसिंह मालले अस्मिता हत्या प्रकरणको अनुसन्धानमा सबै क्षेत्र बाट सहयोगको आग्रह गरेका छन् । अस्मिताको न्यायका साथै सम्पुर्ण नारिहरु लाई सुरक्षाको अनुभूति गराउनसमेत उनले आग्रह गरेका छन् । घटनाको छिटो निस्पक्ष छानबिनका लागि जोरदार माग समेत गरेका छन् ।

सम्बन्धित पाेष्टहरु
Loading...