Unity Khabar

अस्मिता मृत्यु प्रकरण : न्याय माग्दै नगरप्रमुख साउँदलाई ६ बुँदे ज्ञापन पत्र

डडेल्धुरा : शनिबार मृत फेला परेकि डडेल्धुराको परशुराम नगरपालिकाका—८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको न्याय माग्दै पीडित पक्षले नगरपालिकालाई ज्ञापन पत्र बुझाएका छन्। सोमबार मृतका धामीका आफन्तले नगरप्रमुख भीमबहादुर साउँदलाई ६ बुँदे ज्ञापन पत्र बुझाएका हुन्।

हत्याराको सत्य तथ्य र निश्पक्ष छानबिन गर्न तथा हदै सम्मको कार्वाहीका लागिसम्बद्ध पक्ष समक्ष पहल कदमी गर्नु पर्ने, पीडित परिवारलाई उचित राहातको व्यवस्था गरिनु पर्ने, पीडित परिवारको एक जना व्यक्तिलाई रोजगारीको ग्यारेन्टी गरिनु पर्ने माग आफन्तले राखेका छन्।

यस्तै जमरानी आधारभुत स्वास्थ्य केन्द्रको नाम परिवर्तन गरि अस्मिता स्मृति आधारभुत स्वास्थ्य केन्द्र नामाकरण गरिनु पर्ने, पीडितको बालबालिकाहरूलाई मावि तहसम्म प्रती बालबालिका मासिक एक हजारका दरले छात्रवृत्तिको ग्यारेन्टी गरिनुका साथै उच्च शिक्षा निःशुल्क अध्ययनको ग्यारेन्टी गरिनु पर्ने, कोभिड सम्बन्धी स्वास्थ्य बिमा उपलब्ध गराउन नगरपालिकाले पहल गर्नु पर्ने माग पनि आफन्तले राखेका छन्।

धामीको शव शनिबार परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो। उनको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले जिकिर गरेका छन्।

असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको वचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव वनमा फेला परेको हो। शवको पोष्टमार्टम अझै हुन सकेको छैन्। धामीको शव तीन दिनदेखि जोगबुढा अस्पतालमै राखिएको छ।

यो पनि हेनुहोस् :

अस्मिता मृत्यु प्रकरण : अनुसन्धानका लागि प्रदेश प्रहरीबाट टोली परिचालन

डडेल्धुरा : परशुरामको सामुदायिक वनमा महिला स्वास्थ्य कर्मचारीको विभत्स हत्या

डडेल्धुरामा एक महिलाको शव फेला, हत्याको आशंका

सम्बन्धित पाेष्टहरु
Loading...