Unity Khabar

सुदूरपश्चिम प्रदेश सभामा उठ्यो अस्मिताको हत्यारालाई कारवाही गर्नु पर्ने माग

डडेल्धुरा : सुदूरपश्चिम प्रदेश सभामा डडेलधुराको परशुराम नगरपालिकाका—८ जमरानी स्वास्थ्य केन्द्रमा कार्यरत २६ वर्षीया अस्मिता धामीको हत्यारालाई कारवाही गर्नु पर्ने आवाज उठेको छ।

सोमबार बसेको प्रदेश सभाको बैठकमा प्रदेश सभा सदस्यहरूले धामी मृत्यु प्रकरणमा सत्य, तथ्य कुरा बाहिर ल्याउन माग गरेका हुन्।

प्रदेश सभा सदस्य कुन्ती जोशीले हत्यारा पत्ता लगाइ हदैसम्मको कार्वाही गर्न माग गरिन्। उनले धामीका परिवारलाई क्षतिपूर्ति र दुईवटा नावालक सन्तानको लालनपालनमा समेत ध्यान दिन प्रदेश र संघ सरकारलाई आग्रह गरिन्।

स्वास्थ्यकर्मी धामीका हत्यारा पत्ता लगाउन आवश्यक पहल गर्नु पर्ने प्रदेश सभा सदस्यहरू पठानसिंह बोहरा, भरत खड्का र गोविन्द बोहराले पनि आग्रह गरेका थिए। धामीको शव शनिबार परशुराम नगरपालिका–९ को हट्वानी सामुदायिक वनमा फेला परेको थियो।

उनको विभत्स हत्या गरिएको अवस्थामा शव फेला परेको स्थानीयले जिकिर गरेका छन्। असार २ गते आधारभूत स्वास्थ्य ईकाइ केन्द्र जमरानीबाट कोरोनाको वचत खोप र स्वास्थ्य सामाग्री लिएर जोगबुडा अस्पताल पु¥याउन भनी निस्केकी अस्मिताको शव वनमा फेला परेको हो।

अस्मिता असार २ मा कार्यालयबाट कोरोनाको बचत खोप र स्वास्थ्य सामग्री लिएर जोगबुडा अस्पताल हिँडेकी थिइन्। उनको शरिरभरि ठूल–ठूला नीलडाम रहेको, नाक र बंगारा भाँचिएको अवस्थामा शव फेला परेको हो।

सम्बन्धित पाेष्टहरु
Loading...