Unity Khabar

स्वास्थ्यकर्मीलाई गरिने ‘सौतेलो’ व्यवहार हटोस्

  • मदनराज पाण्डेय

कोरोनाको पहिलो लहरले हाम्रो देशलाई त्यति खासै मानवीय क्षति नगरेपनि युरोप र केही एसियन देशहरूमा भने धेरैले ज्यान गुमाए।

श्वासप्रश्वाससम्बन्धि लक्षण देखाउने यो रोगको बारेमा सुरुमा भने केही पनि थाहा थिएन। सुरुको लहर हाम्रो देशमा त्यति संक्रामक, जटिल थिएन तर पनि रोगको बारेमा खासै केही थाहा नभएको हुँदा ठूलो भय भने थियोे।

छिमेकी मुलुक भारत र चीनमा संक्रमण बढेसंगै राज्यले आफ्नो नागरिकलाई आफ्नो देश ल्याउनु राज्यको कर्तव्य हुनु आउँछ। अप्ठ्यारोमा परेका नागरिकलाई स्वदेश ल्याइयो पनि।

त्यति बेलादेखि स्वस्थ्यकर्मीले कर्म कहिले छोडेनन्। स्वस्थ्यकर्मी निरन्तर आफ्नो काममा लागिरहे।

कोरोना लाग्ने बित्तिक्कै मरिहालिन्छ कि भन्ने ठूलो भय सबैमा थियो। इटाली, जर्मनी अमेरिकामा कोरोनाका कारण धेरै मानिसहरूको मृत्यु भएको थियो। त्यो अवस्थाबाट सबै भयवित थिए तर, स्वास्थकर्मीहरू मलिन मुहार लगाएर निरन्तर आफ्नो काममा हिँडिरहे।

पीपीइ सेट र मास्कलगायतका स्वास्थ्य सामग्रीको अभाव थियो। स्वास्थकर्मीहरू ज्यानको बाजी लगाउँदै हेल्थ डेस्क, क्वारेन्टाइन स्थल, फीवर क्लिनिक चलाउँदै आए।

खोप, गाउँघर क्लिनिकलगायतका स्वास्थ सेवा चलिरहे। त्यसो त आकस्मिक सेबाबाट कोही नागरिक पनि बञ्चित भएनन् र हुनु पनि हुँदैन।

क्वरेन्टाइन स्थलमा ड्युटी, स्वाब संकलन, स्वाब ढुवानी चलिरहे। चाहे बाढी होस् कि ठूलो खोला तर्नु किन नहोस् स्वास्थ्यकर्मीहरूका कदम कहिले रोकिएनन्। किनकि हामी सबैले मिलेर माहामारी जो जित्नु थियो। स्वास्थ्यकर्मीमाथि ठाउँ–ठाउँमा आक्रमण भयो, कतै घर निकाला गरियो। तर, पनि स्वास्थ्यकर्मीहरूले मुटुमाथि ढुङ्गा राख्दै मानसिक समस्या झेल्दै निरन्तर कर्तव्य पालन गरिरहे गरिरहे।

लामो समयपछि आएको ठूलो महामारीमा यस्तो मानवीय सेवा गर्न पाउनु एउटा ठूलो अवसर पनि हो। यस्तो सेवा सबैले कहाँ गर्न पाउँछन् ररु कोरोनाको पहिलो लहर कम हुँदै गयो। जोखिम भत्ताका कुराहरू पनि धेरै सुन्नमा आए। संघीय सरकारले अस्पतालमा काम गर्दै आएका स्वास्थ्यकर्मीलाई शतप्रतिशत भत्ता दिने निर्णय ग¥यो।

जो एक ठूलो उत्तप्रेरणा थियो। संघ सरकारसंगै प्रदेश सरकारले पनि आफ्ना कर्मचारीलाई ५० प्रतिशत भत्ता दियो तर धेरै स्वास्थ्यकर्मी भएको स्थानीय तहले भने धेरैले घोषणा, घोषणमै सीमित राखे भने कुनै तहले थोरै भए पनि दिए। आखिर जोखिम बराबर हुँदा पनि किन यस्तो विभेद र कहिलेसम्मरु

दोस्रो लहरको कोरोना सुरु भयो। छिमेकी मुलुकमा दिनहुँ संक्रमितको संख्या दिनको दुई गुना र चार गुनाले बढ्दै गयो। दोस्रो लहर भने अलि बढी नै संक्रामक थियो। एक्कासि लक्षण बढेर अस्पतालका सबै शय्याहरू भरिन थाले।

अस्पतालका बाहिर पनि बिरामी राख्ने ठाउँ थिएन। अक्सिजन, आईसीयू, भेन्टिलेटरको अभाव, बाहिर रोडमा एम्बुलेन्सको साइरन जति बेला पनि बजिरहने।

त्यतिबेला यस्तो लाग्थ्यो कि मृत्युको सिजन चलीरहेछ। एउटाको मुखमा अक्सिजन जोड्यो, अर्काको अक्सिजन घटिहाल्ने, स्वास्थ्यकर्मीले त्यो प्रचण्ड गर्मीमा पीपीई लगाएर सेवा गरिरहे। अफ्नै आगाडि मृत्यु देख्दा कस्तो–कस्तो हुन्थ्यो यस्ता दर्दनाक घटना आफ्नै आगाडि देखिएँ। आफू जल्दै जल्दै दियोमा तेल थप्न नपाएर धेरै दियोहरू निभाए पनि।

कोरोनाको दोस्रो लहर हाम्रो देशमा यस्तो आयो कि हाम्रो स्वस्थ प्रणाली ‘कोल्यापप्स’ हुन केही समय नै लागेन। संक्रमण गाउँगाउँ, घरघरमा पुग्यो। जोरो आएर मान्छेहरू थला परे। कोही अस्पताल पुगे भने कसैको अस्पताल पुग्न नपाउँदै मृत्यु भयो।

दोस्रो लहरमा पनि केही स्वास्थ्यकर्मीमाथि नै आक्रमण तथा अमानवीय व्यवहार गरिए। आईसीयुकै ढोका फोडेर स्वास्थकर्मीमाथि हातपात गरियो। जो एकदमै धत लाग्दो थियो।

दोस्रो लहरमा गाउँ घरमा सीधैं संक्रमण पुग्यो तर, यसपालि राज्यको नजर क्वारेन्टाइन बनाउन तर्फ गएन। गाउँघरको First point of contact भनेकै स्वास्थ चौकी हुँदा संक्रमितलाई अलि stable बनाएर प्रेसण गर्नु पर्थ्यो।

स्वाब संकलन र ढुवानी गाउँबाटै हुन्थ्यो। कन्ट्याक्ट ट्रेसिङ पनि बढी जसो गाउँतिरै भएको होला। जब–जब जोखिम भत्ताको कुरा आउँछ, तब यी नै गाउँघरमा काम गर्ने स्वास्थकर्मी साथीहरूलाई मतबल नै गरिँदैन। राज्यले सौतेलो व्यवहार गर्छ।

धेरै जसो मिड लेबल हेल्थ केयर प्रोभाइडरहरू स्थानीय तहमै छन्। तर, त्यहीँ तहमा स्वास्थ क्षेत्रको बारेमा बुझाउन एकदमै गाह्रो विषय बनेको छ। त्यसतर्फ सबैको ध्यान जान जरुरी छ।

(पाण्डेय डडेल्धुराको अजयमेरुस्थित समैजी स्वास्थ्यचौकीमा हेल्थ असिस्टेन्टको रूपमा कार्यरत छन्)

सम्बन्धित पाेष्टहरु
Loading...