Unity Khabar

जसले खुट्टाको जुत्तादेखी शिरको टोपी बनायो उसैलाई विभेद किन ?

नमस्कार!
म गुइया कामी। कालिकोटको नरहरिनाथ गाउँपालिका–८ सुपैतेपडामा मेरो जन्म भएको हो। २००९ सालमा जन्मिएको म अहिले ६९ वर्षका भए। वडा स्थानीय मानव अधिकार पैरवी सञ्जालका संयोजक पनि हुँ म।

मैले जीवनमा धेरै संघर्ष गरे। दलित भएकै कारण जीवनमा धेरैं दुख मैले झेलेको छु। गैरदलितबाट झेलेको व्यवहारले अझै मेरो हेय जलिरहेको छ। आज म तपाईंहरू लाई जातको बारेमा र मैले भोगेको संघर्षको बारेमा जानकारी दिने प्रयास गर्दैछु।

पहिला सम्पूर्ण दलित जाति गैरदलितको घरमा काम गथ्र्यो। त्यही कारण म पनि गैरदलितको घरमा काम गथ्र्ये। दिनभरि खेतबारीमा काम गरेर साँझपख घर फर्कने बेलामा एक मानो मकैको पिठो पाउँथे। र, उसैले छाक टार्थे।

मकैको पिठो गैरदलितले घरको ढोका भन्दा चार मिटर टाढा बाट नछोइने गरि अलग्गै दिन्थे। दलित जतिसुकै बुढो किन नहोस् गैरदलिका बा–छोरा जोसुकैले पनि ‘आबा’ भनेर अपमानित शव्द प्रयोग गरि बोलाउने गर्थे। कतै छोईहाले छ भने छडो (नुहाउने) हाल्थे।

कुकुर, बिरालो र भैसींलाई अंगालो मार्ने रमाउने अनि एउटा मानिसले अर्को मानिसलाई छुदा चाहिँ सुनपानी छर्किएर चोखो बन्नुपर्ने त्यति बेलाको नियम थियो। भनिन्छ, ‘इतिहासका निर्माता आम श्रमजीवी जनता हुन।’

तर, नेपालमा श्रम गर्ने दलित समुदायलाई मान हैन अपमान गरिएको छ। मानिसका आवश्यकता पुर्तिको लागि सधै श्रम गरेर जीवन जिउने जनताहरू घिणाकाे भावनाले हेर्ने गरिन्छ। जसले जुत्ता बनाउनेदेखी शिरको टोपी सिलाउने कामसम्म ग¥यो।

घरमा खाना पकाउने भाडाकुडा बनाउनेदेखी उनीहरूका श्रीमतीले लगाउने गरगहना बनाईदिने सम्म दलितले नै ग¥यो। खेतबारीमा रोप्नेदेखी घरसम्म पुर्याई दिने काम दलितले नै ग¥यो। आरन चलाएर चाहिने फलामका सामाग्री आसीँ, कोदालो, बन्चरो आदि बनाउने दलित। रमाइलोको लागी बाजा बजाउनेदेखी नाचिदिनेसम्म दलित।

जसले जिन्दगीभर उसैको सेवा गरेर जीवन वितायो। उसलाई सम्मान गर्नुको साटो अछुत भनेर छुवाछूत ग¥यो। नक्कल गरेर गायकदेखी नायक भएकाहरूलाई समाजमा भगवान सरह मान्ने चलन छ। तर, जसले पुर्खादेखी बचाएर आजसम्म ल्याउने बादी समाजलाई सम्मान गर्नुको साटो उसैलाई अछुत भनेर छुवाछूत गर्ने नागरिक लाई के भन्नेरु

जसको इतिहास सम्मान गर्न लायक छ। र, उ बाट हामीले सिक्नुपर्ने अवस्थामा उसैलाई आज छुवाछूत तथा भेदभाव गरिँदैछ। पुस्तौंदेखि दलित जातिलाई जातीय भेदभाव गरैकै कारण उसको पेसा आज धरापमा परेको छ। उसको पेसालाई घिणाको भावनाले हेपेर हेर्ने चलनले आज दलित जाती कसैले पनि आफ्नो पुस्तौंदेखिको पेसा गर्न चाहदैनन्।

कसैले गरेछ भने दलित भनेर छुवाछूत गरिन्छ तर गैरदलितले त्यही पेशा गर्नेलाई छुवाछूत गरिदैन। छुवाछूत तथा भेदभाव कहिलेदेखी सुरु भयो ठ्याक्कै भन्न लाई कुनै प्रमाण त छैन। तर, एसियामा ३५ सय बर्ष अगाडि बाट चार वर्णमा विभाजन गरेको भन्ने पाइन्छ।

एउटै मानिसले सबैकाम गर्न नसक्ने भएको हुँदा संसारमा आ–आफ्नै किसिमले काम विभाजन भएको भन्ने किवंदन्ती पाइन्छ। एसियामा ब्राह्मण, क्षेत्री, बैश्य र शुद्र गरि चार श्रममा विभाजन भएको पाइन्छ भने नेपालमा २६ सय बर्ष अगाडि बाट छुवाछूत रहेको देखिन्छ।

चार वर्णलाई यसरी काममा विभाजन गरियो जुन राज्यको नीति बनाउने, ज्ञान आर्जन देखी वितरण सम्मको काम चाहिँ ब्राह्मणलाई तोकियो भने राज्यको रेखदेख गर्नेदेखी प्रशासन चलाउने सम्मको कामको जिम्मेवारी क्षेत्रीलाई जिम्मा लगाइया।

सेवामूलक काम गर्ने र कृषिको ब्यवस्थापन गर्ने काम बैश्य लाई तोकियो भने कृषि काम, भौतिक विज्ञान र प्रविधिलगायत भौतिक कठिन काम र अरू तीन वर्णको सेवा गर्नेसम्मको काम चाही शुद्र लाई तोकियो। यसरी तोकिएको केहि समय पछि समाजमा नयाँ नीतिहरू बन्दै गए।

बस्नको लागि ठाँउ, पिउनको लागी पानीलगायत यस्तै अरू वर्ण भन्दा शुद्रलाई फरक बनाउँदै गएपछि समाजमा छुवाछूत तथा भेदभावका रुपमा विकास हुन पुगेको देखिन्छ। त्यतिखेर कसैले आफ्नो काम उल्लंघन गर्न नपाइने बन्देज लगाइयो। कसैले गल्ती गरेछ भने कि मृत्युदण्ड हुन्थ्यो कि समाजबाट बहिष्कार।

केहि समय यही नीति चल्यो भने केहि समय पछि यो सुधार गरेर ब्राह्मण जातिलाई मृत्यु दण्ड नदिने निति बस्यो। उदाहरणको लागी २००५ साल फागुनको महिनामा बिपि कोइराला लामो समय जेलमा आमरण अनशन बसेपछि बाहुनको छोरो जेलमा मा¥यो भने ‘ब्रमा’ हत्या लाग्ने डरले श्री ३ मोहोन शमशेरले २६ दिन भित्र अनशन तोड्न लगाए।

सायद अनशनमा ब्राह्मण नभएर दलित भएको भए फासी हुन्थ्यो होला। त्यस्तै जुद्द शमशेरका पालामा पनि फासिको सजाय तोकिएका मध्य दुई जना ब्राह्मण भएकै कारण टंकप्रसाद आचार्य र रामहरि शर्मा लाई छोडेको हामीले देखेका छौं।

कसैले गल्ती गरेछ भने गल्तीअनुसार जरिवाना हुन्थ्यो। जरिवाना तिर्न नसके आफ्नो जात बाट खस्ने चलन बसेको थियो। उदाहरण हाम्रो गाउँका योगि नरहरिनाथको बाबाको जीवन हेरे पुग्छ। छुवाछूत तथा भेदभावको विकास वर्ण व्यवस्था अनुसार भएको पाइन्छ।

छुवाछूत तथा भेदभाव मानवीय अपराध हो यो हट्नु पर्छ भनेर पटकपटक संघर्ष गर्दै आएको पाइन्छ। वि।स।२००३ साल बाग्लुङमा भरत सर्बजित विश्वकर्माको नेतृत्वमा विश्वकर्माहरू अछुत होइनन् क्षेत्री सरहका हुन भनी आन्दोलन भयो।

विस २०११ सालतिर पशुपति मन्दिर प्रवेश आन्दोलन चल्यो। विस २०५० योगि नरहरिनाथको प्रस्तावमा माडीको बघौडामा कोठी होम प्रवेशको आन्दोलन भयो। विस २०५० फागुन २० गते सिन्धुपाल्चोकमा जिल्लाको सिपापोखरे कुवा छोएको नाममा आन्दोलन भयो। विस २०५६ सालमा डोटीको शैलेश्वरी मन्दिर प्रवेश भन्दै आन्दोलन भयो।

सिराहा–सप्त्तरीको सिनो बहिस्कार आन्दोलन किन नहोस् यसैगरी दस वर्ष जनयुद्धमा १३ सय भन्दा बढी दलित जातिले मात्र ज्यान गुमाएर विस २०६२/६३ को जनआन्दोलनको अन्त्य पछि विस।२०६३ साल जेठ २१ गतेका दिन सरकारले नेपाललाई जातीय छुवाछूत मुक्त राष्ट्र घोषण ग¥यो।

राज्यको तर्फबाट जातीय छुवाछूतको अन्त्य भैसक्यो भनेर १५ सालदेखी ढोल पिटी रहेको छ। गतवर्ष रुकुम चौरझारीमा घटेको नमराज बिकको घटना होस वा केहि दिन अघि मात्र दलित भएकै कारण काठमाडौमा कोठा नदिएको रूपा सुनारको घटना होस समाजमा छुवाछूत तथा भेदभाव घटनाहरू घटिरहेको देखिन्छन। छुवाछूत सरकारले अन्त्य भयो भने पनि समाजमा छुवाछुत गर्ने तरिका मात्र बदलिएको छ।

छुवाछूतको अन्त्य नभई हाम्रो समाज शुद्ध र असल बन्न सक्दैन। जबसम्म समाजमा असल र शिक्षित नागरिक बन्न सक्दैनन् तबसम्म समाजको अन्धविश्वास हटाउन सक्दैनौं। असल नागरिक बन्नको लागि समाजको अन्तरविरोधको पहिचान गर्न सक्ने र त्यसलाई हल गर्न सक्ने चेतनाको विकास भयो भने मात्र अन्धविश्वास भनेको के हो छुटाउन सक्छौ।

अन्धविश्वासलाई छुट्याउन सक्ने हाम्रो चेतनाको विकास भयो भने मात्र जातीय विभेदको अन्त्य हुने देखिन्छ। अन्धविश्वास अन्त्य गर्ने एउटै हतियार हो शिक्षा। असल नागरिक बन्ने शिक्षा र स्वास्थ्य निःशुल्क हुनुपर्छ र देश भित्रै इच्छा अनुसार रोजगारको ग्यारेन्टी भयो भने केहि समस्या समाधान हुनेछन।

हरेक नागरिकका आधारभूत आवश्यकता बराबर हुने हो भने जातीय भेदभाव कम हुँदै जानेछ। यसरी बिनाकारण हेपिरहनुको मुख्य कारण आधारभूत आवश्यकता पुरा गर्न नसक्नु नै हो। अब नीति बनाएर मात्र हुँदैन नियत राम्रो हुनुपर्छ। हरेक नागरिक शिक्षित र अध्ययन समुहमा संगठित हौं र अन्धविश्वास लाई अन्त्य गर्न संघर्ष गरौं।

                                                                                                                      (प्रस्तुतिः रामबहादुर विश्वकर्मा)

 

सम्बन्धित पाेष्टहरु
Loading...