Unity Khabar

पत्रकार मल्लद्वारा महासंघको आकस्मिक कोषमा दुई हजार बढी सहयोग

डडेल्धुराः रेडियो आफ्नो एफएम डडेल्धुरामा कार्यरत पत्रकार अनुपबिक्रम मल्लले पत्रकार महासंघको आकस्मिक कोषमा २ हजार ६ सय रूपैयाँ सहयोग गरेका छन्।

मल्लले नेपाल पत्रकार महासंघ शाखा डडेल्धुराका अध्यक्ष हिक्मत सिंहलाई नगद २ हजार ६ सय रूपैयाँ हस्तान्तरण गरेका हुन्।

नेपाल पत्रकार महासंघले कोरोना संक्रमणको जोखिममा परेका पत्रकारहरूको स्वास्थ्य उपचारमा सहजता ल्याउन कोरोना आकस्मिक कोष स्थापना गरेको हो।

अग्रपंक्तिमा खटिँदा खटिँदै कोरोना संक्रमणको चपेटामा परेका पत्रकारहरूको उपाचार तथा व्यवस्थापनमा केही हदसम्म टेवा पुगोस् भन्ने हेतुले आफूले सहयोग गरेको मल्ले बताए।

सहयोग गर्न चाहानेले नेपाल बैंकमा रहेको नेपाल पत्रकार महासंघ कोरोना आकस्मिक कोष नामको खाता नं १६३००१०७०३९१६४०००००१ मा रकम जम्मा गर्न सकिने महासंघले जनाइएको छ।

सम्बन्धित पाेष्टहरु
Loading...