Unity Khabar

ओलीले भोलि बालुवाटार छोड्ने

काठमाडौं : नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको सपथग्रहण आज बेलुकी ६ बजेका लागि तय भएको छ। राष्ट्रपति कार्यालय शीतलनिवासमा उनको सपथ ग्रहण हुने छ।

सर्वोच्च अदालतको परामादेश कार्यान्वयन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरिसकेकी छन्। आज सपथग्रहणपछि सानो आकारको मन्त्रिमण्डल बनाउने देउवाले तयारी गरेका छन्।

यसैबीच निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भोली सरकारी निवास बालुवाटार त्याग्ने भएका छन्। बुधबार बिहान ११ बजे उनी बालुवाटारबाट आफ्नो निजी निवास बालकोट सर्न लागेको स्रोतले बतायो।

सम्बन्धित पाेष्टहरु
Loading...