Unity Khabar

डडेल्धुरामा ओली समर्थकले प्रधानन्यायाधीशको पुत्ला जलाए

बिमल बोहरा/डडेल्धुरा : डडेल्धुरामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पुत्ला दहन गरिएको छ। बिहीबार साँझ केपी ओलीका समर्थकले जिल्ला सदरमुकाममा प्रधानन्यायाधीश जबराको पुत्ला दहन गरेका हुन्।

सर्वोच्च अदालतले संसद विघटन बदर गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश दिएको थियो। र, राष्ट्रपती विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकि थिइन्।

आन्दोलनकारी राँके जुलुससहित ‘भ्रष्टाचारी होसियार, चोलेन्द्र चोर देश छोड, केपी ओली जिन्दावाद, नेकपा एमाले जिन्दावाद, दलालहरू होसियार’ लगाएतका नारा लगाएका थिए।

सर्वोच्चो अदालतले लामो समयको त्याग र बलिदान पश्चात प्राप्त भएको संघीय लोकतान्त्रिक व्यवस्थाप्रति अंकुश लाउने र दलिय व्यवस्थालाई समाप्त पार्दै दलभित्र अराजकता र्सिजना गर्न खोजेको उनीहरूको आरोप छ।

सम्बन्धित पाेष्टहरु
Loading...