Unity Khabar

डोटीका संरक्षित क्षेत्रको अतिक्रमण हुन नदिन अनुगमन

तेजु ओली/डोटी: डोटीमा रहेका संरक्षित क्षेत्रको अतिक्रमण हुन नदिन र यसको अवस्था बुझ्न जिल्लास्थित विभिन्न कार्यालयबाट अनुगमन गरिएको छ।

डिभिजन वन कार्यालय डोटीको आयोजनामा तेले लेक संरक्षित वनको कार्ययोजना कार्यान्वयन कार्यक्रमको अनुगमन निरीक्षण गरिएको हो।

विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधि, पत्रकार, राजनीतिक दलका प्रतिनिधि लगायतको सहभागितामा उक्त क्षेत्रको अनुगमन गरिएको हो।

संरक्षित क्षेत्र भित्र रहेका लोप हुन लागेका भूमी ,ताल, वन , पानीका कुवा ,बोट विरुवा लगायतका क्षेत्रको स्थलगत अनुगमन गरेको कार्यालयका प्रमुख सम्भु प्रसाद तिवारीले बताए।

‘जुन संरक्षित क्षेत्रमा अतिक्रमण भएको हो, सोही क्षेत्राधिकारभित्र रहेको निकायले नियन्त्रण गर्नुपर्ने कानुनी व्यवस्था छ जसअनुसार स्थानीय वन उपभोक्ता समिति, वडा कार्यालयलगायतका सम्बन्धीत निकायले नियन्त्रणको प्रयास गरिरहेको छ। थप अतिक्रमण कार्य रोकथामका लागि स्थानीय तह तथा अन्य निकायसँग समन्वय आवश्यक रहेको छ,’ उनले भने।

कोरोना भाइरसको महामारीमा परेका संरक्षित क्षेत्र अहिले आर्थिक संकटसँग जुधिरहेका छन्। विश्वभर चर्चा र ख्यति कमाएको नेपालको सामुदायिक वन उदाहरण रहेको सहायक प्रमुख जिल्ला अधिकारी किरण जोसीले बताइन्।

सम्बन्धित पाेष्टहरु
Loading...