Unity Khabar

प्रहरी अस्पताल दिपायललाई स्वास्थ्य सामग्री हस्तान्तरण

डडेल्धुराः सामाजिक विकास मन्त्रालयले क्षेत्रीय प्रहरी अस्पताल दिपायललाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। आइतबार मन्त्री लालबहादुर खड्का र मन्त्रालयका सचिव रघुराम विष्टले सुदूरपश्चिमका प्रहरी नायब महानिरीक्षक ९डीआईजी० पुरुषोत्तम कँडेललाई सामग्री हस्तान्तरण गरिएको हो।

क्षेत्रीय प्रहरी अस्पताल दिपायलका लागि डीआईजी कँडेललाई एन–९५ मास्कलगायतका स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको मन्त्रीका स्वकीय सचिव भुवन वडुवालले जानकारी दिए।

सम्बन्धित पाेष्टहरु
Loading...