Unity Khabar

अछाममा एक पुरुष मृत फेला

अछाम: अछाममा एक जनाको बेवारिसे शव फेला परेको छ।

जिल्लाको रामारोशन गाउँपालिका–५ रामारोशनका अन्दाजी ४० वर्षका नरे रोकायाको शव बेवारिसे अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी जनक बहादुर बोहराले जानकारी दिए।

जयगढ रामारोशन सडक खण्डको गजडबजारमा उनको शव भेटिएको हो। शव रहेको स्थलमा प्रहरीको टोली अनुसन्धान गर्न गइरहेको उनले बताए।

सम्बन्धित पाेष्टहरु
Loading...