Unity Khabar

ओलीलाई महाराजाधिराज भनेकोमा माधवलाई प्रचण्डले दिए धन्यवाद

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई महाराजाधिराज भनेकोमा वरिष्ठ नेता माधवकुमार नेपाललाई माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धन्यवाद दिएका छन्। वरिष्ठ नेता नेपाललाई भेट्न कोटेश्वर पुगेका प्रचण्डले भेटमा धन्यवाद दिएका हुन्।

माधव नेपालनिवास कोटेश्वरमा दुई नेताबीच सत्तारुढ गठबन्धनलाई कायमै राख्ने बारेमा छलफल भएको छ। नेपाललाई भेटेर पेरिसडाँडास्थित केन्द्रीय कार्यालय पुगेका अध्यक्ष प्रचण्डले गठबन्धन भत्किन नदिन प्रयास भइरहेको बताए।

माधव नेपालले शुक्रबार भाषणका क्रममा केपी ओलीलाई महाराज भनेक थिए।

‘हिजो माधवजीले सही भन्नुभयो। महाराजाधिराजले आममाफी दिनुभयो हामी नाच्ने हो कि! कति मज्जाले भन्नुभयो। बडो सुन्दर व्यंग्यको लागि मैले आज माधवजीलाई भेटेर धन्यवाद पनि दिएँ। गठबन्धन जोगाउन हामी प्रयासमै छौं,’ प्रचण्डले भने।

सम्बन्धित पाेष्टहरु
Loading...