Unity Khabar

सुर्यविरहीले ल्याए ‘सुनै फल्न्या देश’ (भिडियाे)

डडेल्धुरा : सुदूरपश्चिमेली गीत संगितमा निकै चर्चा कमाएका लोकप्रिय गायक तथा सर्जक सुर्यविरही साउदको नयाँ गीत ‘सुनै फल्न्या देश’ सार्वजनिक भएको छ।

गीत बसिवियाँलो म्युजिक प्रालि मार्फत सार्वजनिक भएको गीतका गायक सुर्यविरही साउदले जानकारी दिए। गीतमा भुवन दाहाल र सुर्य बिरहि साउदको स्वर रहेको छ, भने सब्द/संगीत सुर्यविरही साउदको रहेको छ।

मार्मीक ढ.गले प्रस्तुत गरिएको भिडियोको निर्देशन रमेश बिजुली बिसीले गरेका हुन भने, हरीश महराले खिचेका हुन। म्युजिक भिडियोमा सुर्य बिरहि साउद, अनु खड्का, प्रिन्स नेपाली र गोपाल सुचिकारको अभिनय देख्न सकिन्छ।

भिडियो सम्पादन बिबेक पान्डेले गरेका हुन्।  अडियोको एरेनज एरेन्जर बिनोद बाजुरालीले गरेका हुन। गायक साउदले भने, ‘लामो समयदेखि गीत संगिको यात्रालाई निरँन्तरता दिन र गीत संगित मार्फत जन्मभूमिको शिर उचो राख्ने प्रयाश गरेका छौं।’

सम्बन्धित पाेष्टहरु
Loading...